IME Life New

विश्वव्यापी अपराध बीमा बजारको नेतृत्व गर्दै एसिया प्रशान्त क्षेत्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एसिया प्रशान्त क्षेत्रले विश्वव्यापी अपराध बीमा बजारको नेतृत्व गर्ने भएको छ।

एलाइड मार्केट रिसर्चका अनुसार एसिया प्रशान्त क्षेत्रले १८.६ प्रतिशतको चक्रवृद्धि वार्षिक वृद्धिदरका साथ विश्वव्यापी अपराध बीमा वृद्धिको नेतृत्व गर्ने भएको हो। यो वृद्धिदर सन् २०२३ देखि २०३२ सम्ममा हासिल हुने अनुमान गरिएको छ। जुन अन्य क्षेत्रको तुलनामा सबैभन्दा छिटो हो।

Esewa
Crest

एसिया प्रशान्त क्षेत्रमा अपराध बीमा बजारको बढोत्तरी द्रुत आर्थिक वृद्धि, बढ्दो व्यापार र बढ्दो वित्तीय लेनदेनबाट हुने एलाइडले जनाएको छ। ‘विश्वव्यापी रुपमा अपराध बीमा बजार सन् २०२२ मा १३.७ अर्ब डलरबाट बढेर सन् २०३२ सम्ममा ४७.७ अर्ब डलर हुने अपेक्षा गरिएको छ’, एलाइडको प्रतिवेदनमा भनिएको छ, ‘यो बीमा बजारले सन् २०२३ देखि २०३२ सम्म १३.५ प्रतिशतको चक्रवृद्धि वार्षिक वृद्धिदरलाई प्रतिनिधित्व गर्नेछ।’

प्रतिवेदनले प्राविधिक प्रगति र भूमण्डलीकरणलाई अपराध बीमा बजारको वृद्धिको प्रमुख कारकका रुपमा पहिचान गरेको छ। जब कि जटिल दाबी प्रक्रिया र परिवर्तनशील नीतिनियमलाई बाधाका रुपमा प्रतिवेदनमा चित्रण गरिएको छ।

साइबर बीमाको बढ्दो मागले पनि अपराध बीमा बजारका लागि नयाँ अवसरहरु सिर्जना गरिरहेको छ। सन् २०२२ मा धोखाधडी बीमा कभरले विश्वव्यापी अपराध बीमा आम्दानीको लगभग पाँच भागमा दुई भाग ओगटेको थियो। व्यापक इन्टरनेट पहुँचसँग जोडिएको बढ्दो साइबर आक्रमणका कारण सबैभन्दा ठूलो बजार हिस्सा ओगट्ने प्रतिवेदनमा उल्लेख छ।

यसैबीच विश्वव्यापीकरण, प्राविधिक प्रगति र थप जटिल आपूर्ति शृंखलाले चोरी कभर वार्षिक १८.५ प्रतिशतको द्रुत दरले बढ्ने अनुमान गरिएको छ। संवेदनशील डेटा र वित्तीय सम्पत्तिको सुरक्षा गर्न नियामक दबाबलाई प्रतिविम्बित गर्दै प्रतिवेदनमा व्यवसायहरुले सन् २०२२ मा कुल मागको दुई तिहाइभन्दा बढी हिस्सा ओगटेको उल्लेख छ।

यद्यपि, व्यक्तिगत अपराध बीमा १५.६ प्रतिशतको चक्रवृद्धि वार्षिक वृद्धिदरमा सबैभन्दा छिटो बढ्ने अपेक्षा प्रतिवेदनमा गरिएको छ। ‘जुन पहिचान चोरी, रिमोट वर्क ट्रेन्ड र घरमा आधारित व्यवसायको चिन्ताहरुबाट समर्थित रहेको छ’, प्रतिवेदनमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS