IME Life New

एसिया प्रशान्त क्षेत्रका बीमकको १६%ले बढ्यो व्यापार सञ्चालन मुनाफा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन् २०२५ पहिलो ६ महिनामा एसिया प्रशान्त क्षेत्रका बीमा कम्पनीहरुको व्यापार सञ्चालन मुनाफा १६ प्रतिशत बढेको छ।

जुरिच इन्स्योरेन्स ग्रुपले सर्वाजनिक गरेको तथ्यांकअनुसार अघिल्लो वर्ष २०२४ को सोही अवधिको तुलनामा समीक्षा अवधि एसिया प्रशान्त क्षेत्रका बीमा कम्पनीहरुको व्यापार सञ्चालन मुनाफा १६ प्रतिशतले बढेर ३० करोड २० लाख डलर पुगेको हो। यो वृद्धि दुवै सम्पत्ति र दुर्घटना तथा जीवन बीमा व्यापार सञ्चालनमार्फत भएको हो।

Esewa
Crest

सम्पत्ति दुर्घटनाको व्यापार सञ्चालन मुनाफा अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा २४ प्रतिशतले बढेर १८ करोड डलरसँगै खुद बीमाशुल्क १४ प्रतिशतले बढेर २.१ अर्ब डलर पुगेको छ। दुवैको संयुक्त अनुपात ९३.६ प्रतिशत रहेको छ।

यो वृद्धि गाडी र साना तथा मझौता उद्योगमा बीमा विस्तारबाट हासिल भएको प्रतिवेदनमा उल्लेख छ।

समीक्षा अवधिमा एसिया प्रशान्त क्षेत्रमा जीवन बीमामा १.७ अर्ब डलरको कुल बीमाशुल्क संकलन भएको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २२ प्रतिशतले बढी हो। जीवन बीमाको व्यापार सञ्चालन मुनाफा ७ प्रतिशतले बढेर १२ करोड २० लाख डलर पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS