IME Life New

एसिया प्रशान्त क्षेत्रको बाढी बीमा बजार वार्षिक औसत करिब २०%ले बढ्ने प्रक्षेपण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एसिया प्रशान्त क्षेत्रको बाढी बीमा बजार वार्षिक औसत करिब २० प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ।

एलाइड मार्केट रिसर्चले सन् २०२३ देखि सन् २०३२ सम्म बाढी बीमा बजार वार्षिक औसत १९.७ प्रतिशतले बढ्ने अनुमान गरेको हो। यो वृद्धि बढ्दो सचेतनाबाट हासिल हुने रिसर्चले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ।

Esewa
Crest

प्रतिवेदनमा वैश्विक बाढी बीमा बजार भने यो अवधिमा वार्षिक औसत १५.६ प्रतिशतले बढ्ने अनुमान गरिएको छ। सम्पत्ति सुरक्षाको माग बढ्नु, नियामकीय सहयोग र बढ्दो प्राकृतिक जोखिमले बाढी बीमाको आवश्यक बढ्दै गएको देखिन्छ। ‘यद्यपि, बाढी बीमालेखको उच्च प्रिमियम लागतले यो बजारलाई सीमित गर्न सक्ने देखिएको छ’, प्रतिवेदनमा भनिएको छ।

बाढी बीमा बजारको वृद्धिमा बढ्दो सहरीकरण र पूर्वाधार विकास, जलवासु परिवर्तन र त्यसबाट सिर्जित हुने प्राकृतिक विपत्ति मुख्य कारक बन्न सक्ने तर्क पनि प्रतिवेदनमा पेस गरिएको छ।

सन् २०२२ मा बाढी बीमा बजारको आम्दानीमा व्यापारिक भवन, आवासीय घरलगायतका सम्पत्तिको कभरेजले करिब दुई तिहाइ हिस्सा ओगटेको थियो। यही कभरेजले सन् २०३२ पनि बाढी बीमा बजारमा नेतृत्व गर्न सक्ने प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS