IME Life New

सन् २०३२ सम्ममा एसिया प्रशान्त क्षेत्रको उड्डययन बीमा ८.७%ले बढ्ने प्रक्षेपण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एसिया प्रशान्त उड्डययन बीमा बजार सन् २०२२ देखि २०३२ सम्ममा ८.७ प्रतिशतको चक्रवृद्धि वार्षिक वृद्धिदर (सीएजीआर) सहित सबैभन्दा छिटो विस्तार हुने अनुमान गरिएको छ। जुन मुख्यतया चीन र भारतमा औद्योगिक विस्तार र बढ्दो उड्डययन गतिविधिबाट प्राप्त हुनेछ।

एलाइड मार्केट रिसर्चका अनुसार विश्वव्यापी रुपमा उड्डययन बीमा बजार सन् २०२२ मा ४.१ अर्ब डलरबाट २०३२ सम्ममा ७.१ अर्ब डलर पुग्ने अनुमान गरिएको छ। जुन ५.९ प्रतिशतको चक्रवृद्धि वार्षिक वृद्धिदर हो।

Esewa
Crest

यात्रु दायित्व बीमाले सन् २०२२ मा बजारको नेतृत्व गर्यो। जुन कुल आम्दानीको एक तिहाइभन्दा बढी हो। जुन यात्रु–सम्बन्धित क्षतिका लागि कभरेज आवश्यक पर्ने नियामक आदेशहरुद्वारा समर्थित थियो।

यसैबीच मौसम, मेकानिकल ब्रेकडाउन र अन्य कारकसँग सम्बन्धित बढ्दो दुर्घटना जोखिमका कारण उड्डययन बीमाले सन् २०३२ सम्ममा ८.६ प्रतिशतको उच्चतम चक्रवृद्धि वार्षिक वृद्धिदर दर्ता गर्ने अपेक्षा गरिएको छ।

उत्पादनको प्रकारअनुसार एयरलाइन्स खण्डले सन् २०२२ मा सबैभन्दा ठूलो बजार हिस्सा हासिल गर्यो। जुन एयरलाइन विशिष्ट जोखिमहरुअनुरूप लचिलो बीमाको बढ्दो मागले गर्दा सञ्चालित थियो।

यद्यपि, बीमा कम्पनीहरुले जटिल एयरोस्पेस जोखिमहरुको राम्रो मूल्यांकन र मूल्य निर्धारण गर्न उन्नत प्रविधिहरु अपनाइरहेकाले एयरोस्पेस खण्ड ९ प्रतिशतको अनुमानित चक्रवृद्धि वार्षिक वृद्धिदरका साथ सबैभन्दा छिटो बढ्ने तयारीमा छ।

व्यावसायिक उड्डययन बीमाले मागको हिसाबले प्रभुत्व जमाएको छ। सन् २०२२ मा यो बीमाले बजारको आधाभन्दा बढी प्रतिनिधित्व गरेको थियो। किनकि यसमा उच्च मूल्य र दायित्व सीमा समावेश छन्।

यद्यपि, बढ्दो यात्रा माग र स्काइडाइभिङजस्ता गतिविधिमा वृद्धिका कारण सामान्य र व्यावसायिक उड्डययन बीमा खण्ड ८ प्रतिशतमा सबैभन्दा छिटो बढ्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS