काठमाडौं । ३० औँ एसिया इन्स्योरेन्स इन्डस्ट्री अवार्डस–२०२६ का लागि फाइनलिस्टहरु नामावली सार्वजनिक गरिएको छ। जसमा क्षेत्रका ४९ शीर्ष बीमा कम्पनी, पुनर्बीमा कम्पनी, बीमा ब्रोकर, जोखिम प्रबन्धक र सेवा प्रदायक सर्टलिस्टमा परेका छन्।
विभिन्न विधामा दिइने यी अवार्ड कठोर मापदण्ड र पारदर्शी छनोट प्रक्रियाका लागि परिचित छन्। जुन बीमा उद्योगका विशेषज्ञ मूल्यांकनकर्ताहरुको प्यानलद्वारा निरीक्षण गरिन्छ। यस वर्ष १६ विधामा लगभग १८५ आवेदन प्राप्त भएका थिए।
रिमोट छनोटको पहिलो चरणका लागि मूल्यांकनकर्ताहरुले सर्टलिस्ट गर्न १ हजार २०० शब्दको लेखनका आधारमा ती आवेदनको मूल्यांकन गरेका छन्। अन्तिम चरणको निर्णय सेप्टेम्बर २ हुनेछ। जहाँ मूल्यांकनहरुले गोप्य मतदानमार्फत विजेता छनौट गर्नुअघि प्रत्येक उम्मेदवारको विस्तृत रुपमा छलफल गर्नेछन्।
केपीएमजीले सम्पूर्ण निर्णय प्रक्रियालाई नजिकबाट निगरानी गर्दछ। विजेताहरुलाई नोभेम्बर २ मा मरिना बे स्यान्ड्स एक्सपो र कन्भेन्सन सेन्टरमा २२ औँ एसआईआरसीसँगको संयोजनमा अवार्ड गाला डिनरमा सम्मानित गरिनेछ। –एजेन्सी
asian insurance award











