IME Life New

आजसम्म कायम शेयरधनीले आशा लघुवित्तको लाभांश पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज मंसिर २१ गते अन्तिम दिन रहेको छ।

लाभांश र साधारणसभा प्रयोजनार्थ आशा लघुवित्तले भोलि मंसिर २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज मंसिर २१ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

Esewa
Crest

संस्थाले आफ्नो नवौँ वार्षिक साधारणसभा आउँदो पुस ४ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काभ्रेको धुलिखेल–६ स्थित होटल अरनिकोमा दिउँसो २ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ९.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश छन्।

सभाले अन्य लघुवित्त वित्तीय संस्था गाभ्ने, गाभिने वा प्राप्ति प्रक्रिया अगाडि बढाउन गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा संशोधनका लागि नियमनकारी नियकाबाट प्राप्त सुझाव समेटेर कार्य अगाडि बढाउने अख्तियारी पनि सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्ष २०८१।८२ को लेखापरीक्षकको प्रतिवेदन र सञ्चालक समितिको वार्षिक प्रतिवेदन स्वीकृत गर्नेछ। सभाले चालु आर्थिक वर्ष २०८३।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS