काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको २ लाख ८४ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।
संस्थाको संस्थापक समूहको २ लाख ८४ हजार ३९७ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई संस्थाका संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।
शेयर खरिदका लागि ३५ दिनको म्याद दिइएको छ। यो अवधिभित्र संस्थापक शेयरधनीहरुले काभ्रेको बनेपास्थित संस्थाको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने संस्थाले जनाएको छ।












