IME Life New

‘बजारको माहोल सामान्य बनेपछि शेयर कारोबार अवधि घटाउने वा बढाउने व्यवस्था गर्न सकिन्छ’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईंले बजारको माहोल सामान्य भएको अवस्थामा शेयर कारोबार अवधि घटाउने वा बढाउने व्यवस्था गर्न सकिने बताएका छन्।

इन्स्योरेन्स खबरसँग कुराकानी गर्दै सीईओ चापागाईंले तत्कालै भने शेयर कारोबार अवधि घटाउने वा बढाउने अवस्था नरहेको स्पष्ट पारेका छन्। ‘हालको विषम परिस्थितिलाई ध्यानमा राखेर शेयर कारोबार स्थगन गरिएको छ’, उनले भने, ‘आइतबारदेखि महौल सामान्य बन्दै गएको छ। त्यसैले शेयर कारोबार के गर्ने भनेर सामान्य छलफल भएको थियो। तर, अहिले नै कारोबार अवधि घटाउने भन्ने कुरा भनेको भएको छैन।’

Esewa
Crest

नेप्सेले असोज २ गतेसम्म शेयर कारोबार स्थगन गरेको छ। सीईओ चापागाईंले बजारको महौल सामान्य बन्दै गएमा असोज ५ गतेबाट अहिलेकै व्यवस्थाबमोजिम शेयर कारोबार खुल्ने बताए। ‘स्थिति सामान्य उन्मुख रहेको छ, असोज ५ गतेबाट अहिले व्यवस्थाबमोजिम फुलफेजमा खुल्नेछ, कारोबार समय थपघट हुँदैन’, उनले भने।

कारोबार समय घटाउने विषयमा छलफल हुन सक्ने सीईओ चापागाईंले बताए। ‘केही लगानीकर्ताले शेयर कारोबार अपराह्न ४ बजेदेखि ६ बजे (थप अवधि)सम्म खोल्नुपर्ने माग पनि गरेका छन्, केहीले दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म बजार खोल्नुपर्ने भनेका पनि छन्’, उनले भने, ‘नेपाल बजारमा अहिलेको शेयर कारोबार अवधि उचितजस्तो देखिँदैन। त्यसैले यस विषयमा छलफल गरेर अगाडि बढ्न सकिन्छ।’

सीईओ चापागाईंले यो विषयमा अब दसैँतिहारपछि थप छलफल हुने बताए। ‘अहिलेको अवस्थामा हालको व्यवस्थाअनुसार नै शेयर कारोबार खुल्छ’, उनले भने।

जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भए पनि नेप्से र ब्रोकरको डाटा सेन्टर सुरक्षित रहेको चापागाईंले बताए। ‘ब्रोकरको इन्टरनेट जलेको भन्ने कुरा आएको थियो, त्यो बनिसकेको छ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

0%
sad

दु :खी

75%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS