IME Life New

विदेश जाँदै हुनुहुन्छ ? आफ्नो जीवन बीमालेखको हक हस्तान्तरण गरेर जान सक्नुहुन्छ !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । परिकल्पना गर्नुहोस्, कुनै कारणवश तपाई केही वर्षका लागि प्रवास जाँदै हुनुहुन्छ। वा मानाैं वैदेशिक रोजगारीको शिलशिलामै तपाई नेपाल बाहिर २- ४ वर्ष रहनुपर्ने अवस्था सिर्जना भएको छ। यही अवधिभित्र तपाईको जीवन बीमालेख पनि परिपक्व हुँदैछ।

तपाई विदेशबाट फर्किन कम्तीमा ४ वर्ष लाग्ने तर तपाईले वर्षाै अघि खरिद गरेको बीमालेख अर्को वर्ष नै परिपक्व हुने अवस्था छ। यस्तो अवस्थामा ४ वर्षपछि तपाई स्वदेश फर्किएर बीमा कम्पनीसँग बीमा दाबी प्राप्त गर्ने वा घर परिवारको कसैका नाममा पहिले नै भुक्तानी लिने ?

Esewa
Crest

आफू फर्किन केही वर्ष ढिला हुने भएपनि जीवन बीमावापत परिपक्व भइसकेको रकम भुक्तानी लिनका लागि तपाईले स्वदेश नफर्किउञ्जेलका लागि कुर्नुपर्दैन। यसका लागि तपाईसँग दुईवटा विकल्प हुन्छन्, एउटा बीमालेख परिपक्व भएपछि आफ्नो नेपालस्थित बैंक खातामा दाबी भुक्तानी माग गर्ने । दोश्रो विकल्प भनेको, विदेश जानु अघि परिवारका कुनै सदस्यलाई नै बीमालेखको हक हस्तान्तरण गरिदिने। बैंक वित्तीय संस्थाको कर्जा चुक्ता गर्ने प्रयोजनका लागि पनि तपाईले बीमालेखको हक हस्तान्तरण गरिदिन सक्नुहुन्छ।

अब जान्नुहोस्, आफ्नै खातामा कसरी रकम दाबी भुक्तानी माग गर्ने । आफू विदेश रहँदा आफ्नै बैंक खातामा बीमा दाबीको रकम भुक्तानी प्राप्तीका लागि सबैभन्दा पहिले तपाईले व्यक्तिगत पहिचान विवरण( केवाइसी) अध्यावधिक गराउनुपर्छ, यसका लागि तपाईले इमेलमार्फत् नै सम्बन्धित बीमकको शाखा कार्यालयमा पत्राचार गरेर केवाइसी अध्यावधिक गराउन अनुरोध गर्न सक्नुहुन्छ। केवाइसी अध्यावधिक गराइ सकेपछि तपाईले परिवारको कुनै सदस्यमार्फत् दाबी भुक्तानीको रकम तपाइको बैंक खातामा जम्मा गरिदिनका लागि अनुरोध गर्नुपर्छ। यस्तो अनुरोधका लागि तपाईले बीमकलाई सिधै इमेल गर्न सक्नुहुन्छ। साथै हस्तलिखित निवेदन समेत परिवारका कुनै सदस्यलाई इमेलमार्फत् पठाएर बीमकको कार्यालयमा निवेदन दर्ता गराउन सक्नुहुन्छ। बीमा दाबीवापतको रकम भुक्तानी प्राप्त गर्नका लागि सक्कल बीमालेख नै बीमकको शाखा कार्यालयमा पेश गर्नुपर्छ।

दोश्रो उपाय भनेको बीमालेखको हक हस्तान्तरण गर्ने । तपाईले आफ्नो परिवारको कुनै सदस्यको नाममा बीमालेखको हक हस्तान्तरण गरिदिन सक्नुहुन्छ। यसका लागि तपाइले बीमकको सम्बन्धित शाखा कार्यालयमा आफ्नो र हस्तान्तरण गरिदिन लागेको व्यक्तिको राष्ट्रिय परिचय पत्र वा नागरिकता प्रमाण पत्र सहित लिखित निवेदन पेश गर्नुपर्छ । निवेदनमा हक हस्तान्तरण गरिदिनुपर्ने कारण खुलाउनुपर्छ।

बीमा नियमावलीको नियम २२ मा बीमालेखको हक हस्तान्तरण सम्बन्धी व्यवस्था छ। उपनियम (१) मा ऐनको दफा ६३ को उपदफा (५) बमोजिम बीमितले बीमालेख परिपक्व हुँदा वा परिपक्व हुनुअगावै निजको मृत्यु भएको अवस्थामा बीमालेखवाट प्राप्त हुने सुविधा अन्य कुनै व्यक्ति वा संस्थाले पूर्ण वा आंशिक रूपमा प्राप्त गर्ने गरी हक हस्तान्तरण गर्न सक्ने प्रावधान छ।

यसैगरी उपनियम (२) मा उपनियम (१) बमोजिम बीमितले बीमालेखको हक हस्तान्तरण गर्नुअधि हस्तान्तरण गर्नुको उचित कारण सहित बीमकलाई अनुरोध गर्नुपर्नें र त्यस्तो कारण उपयुक्त देखिएमा बीमकले त्यस्तो बीमितले माग गरे बमोजिम बीमालेखको हक हस्तान्तरण गरी दिने प्रावधान समावेश गरिएको छ। साथै बीमालेखको हक हस्तान्तरण बीमा बहाल रहेको अवधिभित्र जुनसुकै बखत गर्न सकिने भएकाले बीमालेख चालू अवस्थामा रहनुपर्छ।

जीवन बीमा बाहेक सम्पत्तिको स्वामित्व हस्तान्तरण वा बिक्री भएको मितिले नब्बे दिनसम्मको बीमालेख बीमकले निःशुल्क नामसारी गरिदिनुपर्छ र सो अवधिसम्म नामसारी नभएको अवस्थामा त्यस्तो बीमालेख स्वतः निष्क्रिय भएको मानिने व्यवस्था पनि नियमावलीमा छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS