IME Life New

इजरायलमा २३०० नेपाली कामदारका लागि आवेदन खुला, के-के चाहिन्छ योग्यता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इजरायलमा नेपाली कामदारका लागि आवेदन खुला गरिएको छ। वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गर्दै आवेदन खुला गरेको हो।

नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका रुपमा कार्य गर्न कुल २ हजार ३०० जनाका लागि आवेदन खुला गरिएको छ। जसमा पहिलो चरणमा १ हजार जनालाई यथाशीघ्र रोजगार प्रक्रियामा समावेश गरिने विभागले जनाएको छ। बाँकी १ हजार ३०० पहिलो चरणको प्रक्रिया पूरा भएपछि पीआईबीएको आवश्यकताअनुसार रोजगार प्रक्रियामा समावेश गरिनेछ।

Esewa
Crest

सूचनाअनुसार कुल संख्यामध्ये ६० प्रतिशत महिला अर्थात् १ हजार ३८० जना र ४० प्रतिशत पुरुष अर्थात ९२० जना कामदार छनोट गरिनेछ। छनोट भएका नेपाली नागरिकले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर शारीरिक तथा मानसिक अपांगता भएका जुनसुकै उमेर समूहका व्यक्तिको स्याहारका लागि सहायक कामदारका रुपमा काम गर्नुपर्नेछ।

यस रोजगारीका लागि इच्छुक उम्मेदवारको उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। शारीरिक योग्यताका हकमा उम्मेदवारको उचाई कम्तिमा १.५ मिटर (४ फिट ११ इन्च) र तौल कम्तिमा ४५ किलोग्राम हुनुपर्ने मापदण्ड तोकिएको छ।

उम्मेदवारले कम्तीमा कक्षा १० उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको हुनुपर्नेछ। यदि त्यो नभएमा दस जोड दुई वा सोसरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ सम्बन्धी कम्तीमा ३ महिनाको तालिम प्राप्त गरेको हुनुपर्नेछ।

इजरायल जाने कामदारले मासिक करिब ५ हजार ८ ८१.५० इजरायली मुद्रा न्यूनतम तलब पाउनेछन् । प्रतिहप्ता ६ दिन (४२ घन्टा) काम गर्नुपर्नेछ। ओभरटाइम र वार्षिक बिदा इजरायली सरकारको नियमानुसार हुनेछ।

इजारायल जाने कामदार आफैँले खाना खर्च व्यहोर्नुपर्नेछ भने रोजगारदाताले आवासको प्रबन्ध गर्ने तर खर्च कामदार स्वयंले व्यहोर्नुपर्नेछ सुरुमा १ वर्षको करार अवधि हुनेछ। त्यसपछि थप ५ वर्षसम्म करार अवधि थप गर्न सकिनेछ।

विभागका अनुसार हवाई भाडा, स्वास्थ्य परीक्षण, बीमा, कल्याणकारी कोषको रकम र अभिमुखीकरण तालिमको खर्च कामदार आफैँले व्यहोर्नुपर्नेछ। हवाई भाडा प्रचलित बजार दर अनुसार हुनेछ भने अन्य प्रशासनिक र सेवा शुल्क तोकिएबमोजिम हुनेछन्।

इच्छुक उम्मेदवारले विभागको अनलाइन पोर्टल ferms.dofe.gov.np मार्फत अनलाइन आवेदन दिन सक्नेछन्। आवेदन दिने म्याद आज जेठ १३ गतेदेखि २१ दिनसम्म अर्थात् असार ७ गते मध्याह्न १२ बजेसम्म तोकिएको छ।

Israel G2G Vacancy 2083_Modified (1)_lwnwk4w

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS