IME Life New

लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आजसम्म आवेदन दिन सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आज साउन २० गतेसम्म आवेदन दिन सकिनेछ। बैंकले साउन १४ गतेदेखि ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गरेको थियो।

बैंकले ‘लक्ष्मी सनराइज डिबेन्चर २०९२’ निष्कासन गरेको हो। यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ बिक्री खुला गरिएको छ। बैंकले कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि जारी गरिएको छ।

Esewa
Crest

सर्वसाधारणलाई जारी गरिने कुल इकाइ ५ प्रतिशतले हुन आउने ६० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ११ लाख ४० हजार इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतममा २५ कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

यो ऋणपत्र १० वर्ष अवधिको हो। यसमा लगानीकर्ता वार्षिक रुपमा ७ प्रतिशत ब्याज पाउनेछन्।

ऋणपत्रको बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS