IME Life New

भारतमा पोलिसीबजारलाई अहिलेसम्मकै सर्वाधिक भारू ५ करोड जरिवाना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय बीमा नियामकले धितोपत्र बजारमा सूचीकृत बीमा दलाल कम्पनी, पोलिसीबजारलाई ५ करोड भारतीय रूपैयाँ(८ करोड रूपैयाँ) जरिवाना गरेको छ। भारतको बीमा उद्योगमा कुनै पनि बीमा सेवा प्रदायकविरूद्ध गरिएको यो हालसम्मकै सबैभन्दा ठूलो जरिवाना हो।

एशियनइन्स्योरेन्स पोष्टका अनुसार, नियामकले बीमा ऐन, १९३८ को दफा १०२ अन्तर्गतको अधिकार प्रयोग गर्दै पोलिसीबजार वेब एग्रीगेटर प्रा.लि.लाई पाँच करोड भारू जरिवाना लगाएको छ। यो कम्पनी अहिले “मेसर्स पोलिसीबजार इन्स्योरेन्स ब्रोकर्स प्रा. लि.” को रूपमा चिनिन्छ।

Esewa
Crest

नियामकले १ देखि ५ जुन २०२० सम्म बीमा वेब एग्रीगेटरको गैरस्थलगत निरिक्षणका क्रममा कम्पनीले बीमा ऐन, १९३८ को प्रावधानहरूको धेरै उल्लङ्घनहरू पत्ता लगाएको थियो।

आरोपहरू मध्ये एक प्रमुख व्यवस्थापकीय कर्मचारीहरू र वेब एग्रीगेटरका कर्मचारीहरू अन्य कम्पनीहरूमा निर्देशक पदमा छन्। नियामकको स्वीकृति नलिइ उच्च पदस्थ कर्मचारीहरू अन्य कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गरेकाले कारवाही गरेको छ।

सेवा प्रदायकको नाममै बीमालेख बिक्री गर्ने वेबसाइट दर्ता हुनुपर्नेमा policybazaar.com को वेबसाइट यसको होल्डिंग कम्पनीको स्वामित्वमा छ। यसवापत पोलिसी बजार एग्रिगेटरले होल्डिंग कम्पनीलाई आफ्नो आम्दानीको ५ प्रतिशतका दरले सलामी दस्तुर भुक्तानी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS