IME Life New

मधेशमा धमाधम साैर्य उर्जा परियोजना सञ्चालन गर्दै अपी पावर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जलविद्युत र साैर्य उर्जा सहितको नविकरणीय उर्जा उत्पादनमा केन्द्रित कम्पनी, अपी पावर कम्पनी लिमिटेडले मधेश प्रदेशमा चाैथो साैर्य उर्जा परियोजना निर्माण गरिरहेको छ।

अपी पावर कम्पनीको लगानीमा बाराको परवानीपुरस्थित नेपाल विद्युत प्राधिकरणको ११ केभिए सबस्टेशन नजिकै भलुहीमा ८ मेगावाट क्षमताको साैर्य विद्युत आयोजना निर्माणाधीन छ। कम्पनीले यो परियोजनाका लागि १२ बिघा क्षेत्रफल जग्गा लिजमा लिएको छ। यो परियोजना ४८ करोड रूपैयाँ लागतमा निर्माण भइरहेको छ।

Esewa
Crest

परियोजना निर्माणस्थल सिमरा विमानस्थलबाट ११ किलोमिटर दक्षिणतर्फ अवस्थित छ।

अपी पावर कम्पनीद्वारा बाराको परवानीपुरमा निर्माणाधीन साैर्य उर्जा परियोजनास्थल

अपी पावरका कार्यकारी निर्देशक संजीव न्याैपानले ४ महिनाभित्र निर्माण कार्य सम्पन्न गरेर ६ महिनाभित्र राष्ट्रिय प्रशारण लाइनमा जोड्ने लक्ष्य रहेको बताएका छन् । उनका अनुसार, परियोजना निर्माण स्थल छनाैटका क्रममा बाँझो र खेतीयोग्य नभएको जग्गा छनाैट गरिएको छ।

अपी पावरले यो परियोजनाका लागि नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिदबिक्री सम्झाैता समेत गरिसकेको छ। यसअघि नै अपी पावरको लगानीमा निर्मित सिमराको १ मेगावाट क्षमताको साैर्य विद्युत परियोजना दुई वर्ष अघि देखि सञ्चालनमा छ। यो परियोजनाबाट उत्पादित उर्जा परवानीपुरस्थित ११ केभिए क्षमताको सबस्टेशन मार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ।

औद्योगिक क्षेत्रमा विद्युतको भोल्टेज प्रवाहमा हुने अनियमितताको समस्यो सम्बोधन गर्न परवानीपुर क्षेत्रलाई साैर्य परियोजनाका लागि छनाैट गरिएको कार्यकारी निर्देशक न्याैपानेले जानकारी दिए ।

अपी पावर कम्पनीले ८ करोड ५० लाख रूपैयाँको लगानीमा सिमरामा १ मेगावाट क्षमताको सिमरा साैर्य परियोजना निर्माण गरेको थियो। यसैगरी धनुषाको ढल्केवरमा १ मेगावट र राैतहटको चन्द्रनिगाहपुरमा ४ मेगावाट क्षमताको साैर्य विद्युत परियोजना सञ्चालन गरिरहेको छ। यी तीनवटै परियोजनाहरू मधेश प्रदेश भित्रको पूर्व पश्चिम महेन्द्र राजमार्ग नजिकैको परियोजना हुन् ।

अपी पावर कम्पनी अन्तर्गत, सुदुरपश्चिममा ८.५ मेगावाटको नाैगाड गाडफ ८ मेगावाटको अपर नाैगड गाड र ४० मेगावाटको अप्पर चमेलिया जलविद्युत परियोजना र साैर्य उर्जा परियोजनासमेतबाट कुल ६२.५ मेगावाट नविकरणीय उर्जा उत्पादन गरिरहेको छ।

कुल ६ अर्ब ७ करोड रूपैयाँ चुक्ता पूँजीको यो कम्पनीले चालू आर्थिक वर्ष २०८१।८२ को तेश्रो त्रैमाससम्ममा ३५ करोड ३४ लाख रूपैयाँ नाफा आर्जन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS