IME Life New

प्रयोगका लागि तयार भयो क्यान्सरविरुद्धको खोप, सबै परीक्षणमा सफलता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रुसले क्यान्सरविरुद्धको लडाइँमा नयाँ सफलता हासिल गरेको छ। त्यहाँको संघीय चिकित्सा तथा जैविक एजेन्सी (एफएमबीए) ले क्यान्सर खोप विकास गरेको हो।

एफएमबीए प्रमुख भेरोनिका स्कोभोट्र्सोभाले भनिन्, ‘रुसी एन्टेरोमिक्स क्यान्सर खोप अब प्रयोगका लागि तयार छ। यो एमआरएनएमा आधारित खोपले सबै प्रिक्लिनिकल परीक्षण सफलतापूर्वक पार गरेको छ। यसले यो खोपको सुरक्षा र प्रभावकारिता प्रमाणित गर्दछ। खोपको प्रारम्भिक लक्ष्य कोलोरेक्टल क्यान्सर (कोलोन क्यान्सर) हुनेछ।’

Esewa
Crest

खोपले पार गर्यो सबै परीक्षण

रुसी समाचार एजेन्सी टीएएसएसको रिपोर्टअनुसार रुसको क्यान्सर खोपले उत्कृष्ट प्रदर्शन गरेको छ र एफएमबीए प्रमुख भेरोनिका स्कोभोट्र्सोभाले पूर्वी आर्थिक मञ्च (ईईएफ) मा यो घोषणा गरेकी छन्।

वैज्ञानिकहरु अब स्वीकृतिको पर्खाइमा

स्कभोट्र्सोभाले भनिन्, ‘यो अनुसन्धान धेरै वर्षसम्म चल्यो। जसमध्ये पछिल्ला तीन वर्ष अनिवार्य प्रिक्लिनिकल अध्ययनमा मात्र समर्पित थिए। खोप अब प्रयोगका लागि तयार छ। हामी आधिकारिक स्वीकृतिका लागि पर्खिरहेका छौँ।’

स्कभोट्र्सोभाले भनिन्, ‘प्रिक्लिनिकल परीक्षणहरुले खोपको सुरक्षा, बारम्बार प्रयोगको बाबजुद यसको प्रभावकारिता पुष्टि गर्दछ। अनुसन्धानकर्ताहरुले यस अवधिमा ट्युमरको आकारमा कमी र ट्युमरको वृद्धिमा कमी देखे। यसबाहेक अध्ययनहरुले खोपका कारण बिरामीको बाँच्ने दरमा वृद्धि भएको पनि संकेत गरेको छ।’

यस खोपको प्रारम्भिक लक्ष्य कोलोरेक्टल क्यान्सर हुनेछ। यसबाहेक ग्लियोब्लास्टोमा (मस्तिष्कको क्यान्सर) र आँखा मेलानोमा (आँखाको क्यान्सरको एक प्रकार)सहित विशिष्ट प्रकारका मेलानोमाका लागि खोपहरु विकास गर्न आशाजनक प्रगति भएको छ। जुन हाल आफ्नो उन्नत चरणमा छन्।

दसौँ इस्टर्न इकोनोमिक फोरम ३ देखि ६ सेप्टेम्बरसम्म भ्लादिभोस्तोकमा ‘दि फार इस्टः कोआपरेसन फर पिस एन्ड प्रोस्पिरिटी’ विषयवस्तुमा आयोजना गरिएको थियो। यस मञ्चमा ७५ भन्दा बढी देश र क्षेत्रका ८ हजार ४०० भन्दा बढी व्यक्तिले भाग लिएका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS