IME Life New

नियन्त्रण बाहिर पुग्ने खतरा रहेको भन्दै कृत्रिम बुद्धिमत्ताको विकासमा विश्वव्यापी बन्देज लगाउन एन्थ्रोपिकको सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृत्रिम बुद्धिमता विकास गर्ने अमेरिकी कम्पनी, एन्थ्रोपिकले सबैभन्दा शक्तिशाली एआई प्रणालीहरूको विकासमा विश्वव्यापी रूपमा केही समयका लागि बन्देज लगाउन सुझाव दिएको छ। पछिल्ला एआई मोडलहरू मानव नियन्त्रणभन्दा बाहिर जान सक्ने संकेतहरू देखिन थालेकाले यस्तो कदम आवश्यक भएको कम्पनीले एक प्रतिवेदनमार्फत चेतावनी दिएको हो।

‘क्लोड’ (Claude) मोडल निर्माता यस कम्पनीका अनुसार, प्रविधिको विकाससँगै सामाजिक संरचना र सुरक्षा अनुसन्धानलाई सँगै लैजान विश्वव्यापी रूपमा एआई विकासको गतिलाई ढिलो गर्नु राम्रो हुनेछ। तर, कुनै एउटा कम्पनी मात्र रोकिँदा प्रतिस्पर्धीहरू अघि बढ्ने भएकाले अमेरिका र चीन जस्ता प्रमुख देशका शीर्ष एआई कम्पनीहरू एकैसाथ रोकिनुपर्ने र यसको निष्पक्ष अनुगमन हुनुपर्ने सर्त एन्थ्रोपिकले राखेको छ।

Esewa
Crest

यस प्रस्तावलाई लिएर सिलिकन भ्याली र ह्वाइट हाउसका केही अधिकारीहरूले भने असहमति जनाएका छन्। उनीहरूका अनुसार एआई विकास रोक्दा यस शताब्दीको सबैभन्दा महत्त्वपूर्ण प्रविधिमा चीनले रणनीतिक लाभ लिन सक्ने जोखिम रहन्छ। यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैको बेइजिङ भ्रमणका क्रममा चीनसँग एआई सुरक्षाका विषयमा सहकार्य गर्ने सम्भावनाबारे छलफल भएको बताएका छन्। साथै, ट्रम्पले यसै हप्ता एउटा कार्यकारी आदेशमा हस्ताक्षर गर्दै सरकारलाई शक्तिशाली एआई मोडलहरू सार्वजनिक हुनुअघि ३० दिनको प्रारम्भिक समीक्षा गर्ने अधिकार दिएका छन्।

एन्थ्रोपिकले एआई विकासको यो चुनौतीलाई आणविक हतियार नियन्त्रण सन्धिसँग तुलना गरेको छ। कम्पनीका अनुसार एआई आफैँले आफ्नो विकासको गतिलाई तीव्र बनाइरहेको छ, जसले गर्दा भविष्यमा मानिसको सहयोगबिना नै एआई आफैँ चलाख बन्दै जाने अवस्था आउन सक्छ। “तथ्याङ्कहरूले एआई विकासको हरेक प्रक्रियामा मानव भूमिका खुम्चिँदै गएको देखाउँछन्,” प्रतिवेदनमा भनिएको छ। यस प्रणालीलाई कसरी व्यवस्थित गर्ने भन्नेबारे छलफल गर्न एन्थ्रोपिकले आगामी महिनाहरूमा सरकारी अधिकारी, वैज्ञानिक र प्रतिस्पर्धी कम्पनीहरूलाई एकै ठाउँमा ल्याउने योजना बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS