IME Life New

पाकिस्तानलाई अर्को झट्का, शेयर बजारमा पहिरो, रोक्नुपर्यो कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको हवाई आक्रमणको प्रभाव पाकिस्तानी शेयर बजारमा परेको छ।

आज बिहीबार भारी गिरावट आएपछि पाकिस्तान स्टक एक्सचेन्जले कारोबार नै बन्द गर्यो। कारोबार खुलेको छोटो समयमै केएसई–१०० इन्डेक्स लगभग ७००० अंकले घट्यो। त्यसपछि बजारमा तल्लो सर्किट लगाइयो।

Esewa
Crest

पाकिस्तानी शेयर बजारको मुख्य सूचकांक केएसई–१०० बिहीबार कारोबारको सुरुवातमा ६.५ प्रतिशतले घटेर १०२९९७.१८ को स्तरमा झरेको छ। यो सन् २०२१ पछि पाकिस्तानी शेयर बजारमा देखिएको सबैभन्दा ठूलो गिरावट हो।

भारतको अपरेसन सिन्दुरपछि बुधबार पनि पाकिस्तानको शेयर बजार ६ प्रतिशतले घटेको थियो। पाकिस्तानी शेयर बजार निरन्तर ओरालो लागिरहँदा लगानीकर्तामा त्रास सिर्जना भएको छ।

भारतीय आक्रमणबाट डराएका लगानीकर्ताले पाकिस्तानी शेयर बजारमा धमाधम शेयर बेचिरहेका छन्। यो प्रवृत्ति अप्रिल २२ मा पहलगामको बैसरन उपत्यकामा भएको आतंकवादी आक्रमणदेखि जारी छ। जसमा दुई विदेशी नागरिकसहित २६ पर्यटक मारिएका थिए। – एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS