IME Life New

इतिहासकै खराब अवस्थामा अमेरिका, कसरी सुधार होला विश्वकै ठूलो अर्थतन्त्रमा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा एकपछि अर्को द्रुत निर्णय लिइरहेका छन्। ट्रम्प अमेरिकालाई फेरि महान बनाउन चाहन्छन्। तर, उनी देशको बढ्दो ऋण नियन्त्रण गर्न नराम्ररी असफल भएका छन्।

यस वर्ष अमेरिकाको ऋण ४० ट्रिलियन डलर पुग्ने अनुमान गरिएको छ। सन् २०२० को सुरुमा यो २३.२ ट्रिलियन डलर थियो। अर्थात्, पछिल्लो ५ वर्षमा लगभग १७ ट्रिलियन डलरको वृद्धि भएको छ।

Esewa
Crest

अमेरिकाले आफ्नो इतिहासमा कहिल्यै यति धेरै ऋण लिएको छैन। एकातिर अमेरिकाको ऋण बढ्दैछ भने अर्कोतर्फ संघीय सरकारको खर्च बढ्दैछ। सन् १९०० मा यो जीडीपीको ३.१४ प्रतिशतमात्र थियो। जुन सन् १९५० मा बढेर १३.८३ प्रतिशत पुग्यो। सन् २००० मा अमेरिकी संघीय सरकारको खर्च देशको जीडीपीको १७.५३ प्रतिशत पुगेको थियो। जब कि अहिले यो २३.८७ प्रतिशत पुगेको छ।

यो खर्च घटाउन ट्रम्पले सरकारी दक्षता विभाग सिर्जना गरे। एलन मस्कलाई यसको जिम्मेवारी दिइएको थियो। तर, अहिले मस्क ट्रम्पबाट टाढा भएका छन्।

अमेरिकामा सरकारको आम्दानी घट्दै गएको छ र खर्च बढ्दै गएको छ। विज्ञहरुका अनुसार अमेरिकाको अर्थतन्त्र र राष्ट्रिय सुरक्षाका लागि राम्रो कुरा होइन। अमेरिकाले ब्याज भुक्तानीमा दैनिक लगभग २ अर्ब डलर खर्च गर्नुपर्छ। यसका कारण सरकारले अनुसन्धान र विकास, पूर्वाधार, शिक्षा र सामाजिक सुरक्षामा हुने कुल खर्चमा कटौती गर्नुपर्ने हुन सक्छ। – एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS