काठमाडौं । भोलि बैशाख २४ गते बागमति प्रदेशभर सार्वजनिक बिदा दिने प्रदेश सरकारको निर्णय भएको छ । भोलि प्रदेश सरकारको सरकारी कामकाजको भाष सम्बन्धी दिवसको अवसरमा बिदा दिने निर्णय भएको हो । सोही अनुरुप काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै सो अवसरमा अत्यावश्यकीय सेवा सञ्चालन गर्ने निकाय बाहेक काठमाडौं महानगरपालिका कार्यालय र अन्तर्गतका सबै निकाय तथा कार्यालय बन्द रहने जनाएको छ ।