IME Life New

भारत-पाकिस्तानबीचको बढ्दो तनावसँगै आईपीएलका बाँकी सबै म्याच अनिश्चित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण इन्डियन प्रिमियर लिग (आईपीएल) शुक्रबारदेखि अनिश्चितकालका लागि स्थगित भएको छ। अधिकारीहरूले सात दिनका लागि प्रतियोगिता सारिएको दाबि गरेपनि जारी तनावका कारण प्रतियोगिताको बाँकी खेल अनिश्चित बनेको हो।

प्रतियोगिता अन्तर्गतको एक खेल उत्तर भारतको धर्मशालामा बिहीबार आयोजना गरिएकोमा छिमेकी शहरहरूमा आक्रमणको चेतावनीपछि पञ्जाब किंग्स र दिल्ली क्यापिटल्स बीचको खेल बीचैमा रद्द भएको थियो। यो खेल स्थगनसँगै जारी संस्करणको खेलको भविष्यमाथि अनिश्चितताको बादल मडारिएको छ।

Esewa
Crest

“देश युद्धमा रहेको बेला क्रिकेट चल्नु राम्रो देखिँदैन,” बीसीसीआईका एक अधिकारीले प्रेस ट्रष्ट अफ इण्डियालाई भने, मे २५ मा कोलकातामा समाप्त हुने लिग स्थगन गरिएको छ।

अप्रिल २२ मा पहलगाम आतंकवादी आक्रमण भएको पन्ध्र दिनपछि भारतले पाकिस्तान र पाकिस्तान अधिनस्थ जम्मू र कश्मीरमा आतंकवादी पूर्वाधारमा मिसाइल आक्रमण गरेको थियो, जसमा २६ जनाको मृत्यु भएको थियो।

बिहीबार, जम्मूमा हवाई आक्रमणको चेतावनी र विस्फोट जस्तो आवाजको रिपोर्टहरू बीच पठानकोट, अमृतसर, जालन्धर, होशियारपुर, पञ्जाबको मोहाली र केन्द्र शासित प्रदेश चण्डीगढ लगायत धेरै जिल्लाहरूमा ब्ल्याकआउट लागू गरिएको थियो।

यसैगरी पाकिस्तान प्रिमियर लिगका बाँकी खेलहरू पनि दुबईमा हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS