IME Life New

प्रिमियममा आइपीओ निष्काशनको तयारीमा रहेको अल नेपाल इन्फ्रास्ट्रक्चरले पायो रेटिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट कम्पनीले चालू आर्थिक वर्ष  २०८१।८२ को पहिलो अर्द्ध वार्षिक अवधिमा १२ करोड १० लाख रूपैयाँ आम्दानी गरेको छ।

प्रिमियम मूल्यमा सर्वसाधारणमा शेयर निष्काशन(आइपीओ)को घोषणा गरेको ३१ वर्ष पुरानो यो लगानी कम्पनीले आधा दर्जनभन्दा बढी ठूला जलविद्युत आयोजनाहरूमा पूँजी लगानी गरेको छ।

Esewa
Crest

रेटिङ एजेन्सी इन्फोमेरिक्सले प्रकाशन गरेको प्रेस विज्ञप्ती अनुसार, कम्पनीले गत आव २०८०।८१ ३४ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ । यो २०७९।८० को भन्दा १०७.२२ प्रतिशत अधिक हो । आव २०७९।८० मा यस कम्पनीले १६ करोड ६० लाख र सन् २०७८।७९ मा कुल १ अर्ब ८८ करोड १० लाख रुपैयाँ आम्दानी गरेको रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले जनाएको छ।

यो कम्पनीले राधी जलविद्युत (४.४ मेगावाट),दोर्दी खोला (११ मेगावाट), खुदी जलविद्युत (४ मेगावाट), राप्ती हाइड्रो जनरल एण्ड कन्ट्रक्शन लि. (५ मेगावाट), स्याङ्गे जलविद्युत (१८३ किवा), युनिभर्सल पावर (११ मेगावाट) मा पूँजी लगानी गरेको छ। यसबाहेक, निर्माणाधीन जलविद्युत आयोजना कशुवा खोला जलविद्युत(४५ मेगावाट) र ह्वाइट फ्लावर एनर्जी(४१ मेगावाट) मा परिवर्त्य अग्राधिकार शेयर लगानीको प्रतिबद्धता व्यक्त गरेको छ। कासुवा खोला र ह्वाइट फ्लावर इनर्जीमा क्रमशः ३० करोड र ७३ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।

इन्फोमेरिक्स नेपालका अनुसार गत पुस मसान्तसम्मको शेयर लगत अनुसार, ९२ प्रतिशत शेयर स्वामित्व सहित इन्स्पायर क्लिन एनर्जी लिमिटेड यसको मुख्य प्रवर्द्धक हो। तीन दशक पुरानो यो कम्पनी जलविद्युत परियोजनामा लगानी गर्ने सीमित पुराना कम्पनीमध्येको एक हो ।

यो कम्पनीको आम्दानीको मुख्य श्रोतहरू व्यवस्थापन शुल्क, लाभांश, स्थिर ब्याजदर आधारित सुरक्षण र पूँजीगत लाभ हुन् । यसको पूँजी संरचना ऋणरहित छ र सबै लगानी यसका लगानीकर्ताको पूँजीबाटै गरिएकाले ब्याज खर्च र बैंकको साँवा तिर्नुपर्ने अवस्थाबाट मुक्त छ।

अब साउन महिनाभित्र २ जलविद्युत आयोजनामा गरिएको लगानीको लक इन अवधि समाप्त हुने भएकाले कम्पनीले शेयरलाई खुल्ला बजारमा कारोबार गर्न सक्नेछ । यसले कम्पनीको तरलता सुधार गर्न सहयोग पुर्‍याउनेछ। शेयर बिक्रीवापत प्राप्त हुने रकमले निर्माणाधीन आयोजना कासुवा खोला र अपर छुजुङ खोलाको वित्तीय श्रोत जुटाउन सहज बनाउने विश्वास गरिएको छ ।

आर्थिक वर्ष २०७९ देखि २०८१ सम्म लगानीमा करिब ३६ प्रतिशतको वार्षिक वृद्धिदर देखिएको छ । अल नेपाल इन्फ्रास्ट्रक्चरको सम्पूर्ण लगानी जलविद्युत क्षेत्रमा केन्द्रित रहेको र धेरैजसो आयोजना लामा समयावधिको हुने भएकाले आरम्भिक वर्षहरुमा आम्दानीको स्रोत सीमित हुने चुनौती देखिएको छ ।

इन्फोमेरिक्स नेपालका अनुसार, निर्माणाधीन आयोजनाहरुमा कार्यान्वयन जोखिम पनि रहेको छ । कम्पनीले आफ्ना सहायक कम्पनीहरुको ऋणको लागि करिब १८७ करोड रुपैयाँ बराबरको ग्यारेन्टी दिएको छ, जुन जोखिमपूर्ण हुनसक्ने बताइएको छ ।

यी परियोजनाहरु प्रारम्भिक चरणमा रहेकाले कार्यान्वयन चुनौती विद्यमान रहेको र शेयर जारी(आइपीओ) वापत प्राप्त हुने रकमको समयमै र प्रभावकारी उपयोग हुने कुराले कम्पनीको रेटिङलाई प्रभावित गर्न सक्ने जनाइएको छ ।

इन्फोमेरिक्स नेपालले, अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीलाई प्रस्तावित आइपीओ निष्काशनका लागि  ‘आइआरएन बीबीबी माइनस’ रेटिङ प्रदान गरेको छ । वित्तीय सबलता मूल्याङ्कनका आधारमा गरिएको यो रेटिङले कम्पनीको वित्तीय दायीत्वहरु समयमै पुरा गर्न सक्ने मध्यम स्तरको क्षमता रहेको संकेत गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS