IME Life New

भारत-पाकिस्तान युद्धविरामपछि बन्द सबै विमानस्थल खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारत–पाकिस्तान युद्धविरामपछि बन्द सबै विमानस्थल सोमबारदेखि खोलिएका छन्।

मे ७ मा भारत–पाकिस्तान तनावको बीचमा ती विमानस्थल मे १५ बिहान ५ः२९ बजेसम्म अस्थायी रुपमा बन्द गरिएका थिए। भारतीय विमानस्थल प्राधिकरणले एक प्रेस विज्ञप्ति जारी गर्दै नागरिक विमान सञ्चालनका लागि बन्द गरिएका ३२ विमानस्थल अब तत्काल प्रभावबाट नागरिक विमान सञ्चालनका लागि उपलब्ध हुने जनाएको छ।

Esewa
Crest

विज्ञप्तिमा यात्रुलाई ती विमानस्थलमा उडानका लागि पहिले सम्बन्धित एयरलाइन्सबाट जानकारी लिन र नियमित अपडेटका लागि सम्बन्धित एयरलाइन्सको वेबसाइटमा जान सल्लाह दिइएको छ।

इन्डिगो एयरलाइन्सले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा यसबारे जानकारी दिएको छ। कम्पनीले यात्रा एड्भाइजरी जारी गर्दै सबै विमानस्थल उडानका लागि खोलिएको लेखेको छ। कम्पनीले सेवाहरु सामान्य हुन केही समय लाग्न सक्ने जनाएको छ। यस्तो अवस्थामा एयरलाइन्सले यात्रुलाई केही अतिरिक्त समय लिएर विमानस्थल पुग्न सल्लाह दिएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS