IME Life New

एयरएटिक्सले नेपालमा सुरु गर्यो स्मार्ट स्टोरेज मार्केटप्लेस

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको अग्रणी स्मार्ट स्टोरेज मार्केटप्लेस एयरएटिक्सले नेपालमा आफ्नो सेवा औपचारिक रूपमा सुरू गरेको छ । होटल एम्बेसडर, लाजिम्पाटमा आयोजना गरिएको एक भव्य कार्यक्रममा कम्पनीले आधिकारिक रुपमा आफ्नो सेवा नेपालमा सुरुगरिएको घोषणा गरेको हो।

अब नेपाली प्रयोगकर्ताहरूले अस्थायी भण्डारण, पुनस्स्थानान्तरण, डेलिभरी तथा अन्य लजिस्टिक सेवाहरु घरै बसी बसी डिजिटल प्लेटफर्ममार्फत प्राप्त गर्न सक्ने छन् । विशेषरुपमा व्यवसाय, तथा यात्रुहरूका डिजाइन गरिएको एयरएटिक्सले नेपालमा बढ्दो स्टोरेज अर्थत भण्डारणको आवश्यकतालाई समाधान गर्ने उद्देश्य राखेको
छ ।

Esewa
Crest

एयरएटिक्सले सामान भण्डारण, लगेज स्टोरेज, अर्डर फुलफिल्मेन्ट, पुनरस्थातरण जस्ता सेवाहरु अब सर्वसुलभ, सहज, तथा प्रयोगकर्तामैत्री रुपमा नेपालमा सुचारु गर्ने एयरएटिक्सका संस्थापक आदित्य कालेले जानकारी दिएका छन् ।

पेशाले समुद्री इन्जिनियरसमेत रहेका कालेले १२ वर्षभन्दा बढी लजिस्टिक्स तथा आपूर्ति सेवामा अनुभव बटुलेका छन् । भारतमा व्यवसाय देखि व्यवसाय अर्थात (बिटुबि) सेवामा व्यापक सफलता प्राप्त गरेपछि उनले एयरएटिक्सलाई व्यवसाय देखि ग्राहक अर्थात (बिटुसी) मार्केटप्लेसको रूपमा स्थापित गरेका हुन् । कार्यक्रममा बोल्दै कालेले नेपालका सहरी क्षेत्रहरूमा एयरएटिक्सले ल्याउने सम्भावित परिवर्तनको बारेमा आफ्नो दृष्टिकोण व्यक्त गरे ।

उनले भने, “भारतीय उपमहाद्वीपमा स्टोरेज अर्थात भण्डारण एक प्रमूख समस्या हो, यही समस्याहरुलाई मध्य नजरगर्दै हामीले एयरएटिक्स सुरु गरेका हौं । आजबाट हामीले आधिकारीक रुपमा सुरुगरेका छौं । अहिले हाम्रो सेवा काठमाडौँमा मात्र सीमित भए पनि भविष्यमा चाँडै पोखरा र बीरगञ्जजस्ता मूख्य सहरहरूमा यो सेवा विस्तार गर्ने योजना छ । भारत लगायत अन्य राष्ट्रमा जस्तै नेपालीहरूले पनि भण्डारणका उस्तै समस्याहरु भोगिरहेका छन्, र हामी यहाँ उपस्थित हुन पाउँदा निकै उत्साहित छौं।

उनले प्रविधिको प्रयोगद्वारा स्टोरेज खोज्ने र दिने पक्षहरुलाई जोड्ने माध्यम बन्ने एयरएटिक्सको प्रतिबद्धता दोहोर्याए— जसले घरधनीहरुका लागि आर्थिक अवसर र उपभोक्ताहरूका लागि उत्कृष्ट सेवा प्रदान गर्ने लक्ष्य राख्दछ ।

कार्यक्रममा नेपाली व्यवसायिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

फ्रम आईडिया टु एग्जीक्यूसन वाट मेक्स अ स्टार्टअप स्ट्याण्ड आउट ? शीर्षकमा आयोजित प्यानल छलफल कार्यक्रमको मूख्य आकर्षण रहेको थियो जहा नेपालका लजिस्टिक्स तथा स्टार्टअप क्षेत्रका प्रसिद्द व्यक्तिहरुले एउटै मञ्चमा बसेर छलफल गरेका थिए ।

छलफलको संयोजन ८८ कलेक्टिभका संस्थापक प्रतिक अर्यालले गरेका थिए । कार्यक्रममा उपाय सिटी कार्गोका संस्थापक तथा प्रबन्ध निर्देशक सुमन रायमाझी, दराज नेपालका प्रमूख लजिस्टिक्स अफिसर सन्तोष बिष्ट, मेरो स्टोरेजका संस्थापक समय गिरी र एयरएटिक्सका संस्थापक तथा सीईओ आदित्य कालेको उपस्थिति रहेको थियो ।

छलफलका क्रममा उपायको विकास र प्रारम्भमा भोगिएका चुनौतीबारे सोधिएको प्रश्नमा सुमन रायमाझीले भने, “हामीले सुरुवात गर्दा मानिसहरु लजिस्टिक्स सेवाको बारेमा यति सचेत थिएनन् । समयसँगै ट्रक कार्गो, मालसामानको अतिरिक्त सुरक्षा जस्ता विविध मागहरु आउन थाले । अहिले सम्मको यात्रामा हामीले अहिले परिस्थिति परिवर्तन भएको पाएका छौं – मानिसहरु वेयरहाउस र लजिस्टिक्सको महत्त्व बुझ्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS