IME Life New

अब वायु सेवाप्रदायकलाई प्रतिपटक १ लाख डलर सटही सुविधा, स्थायी लेखा नम्बर अनिवार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वायु सेवाप्रदायक संस्थाले अब प्रतिपटक १ लाख अमेरिकी डलरसम्मको सटही सुविधा पाउने भएका छन्।

नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्ने निकायका लागि जारी एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। संशोधित निर्देशनअनुसार सेवा आयातका लागि अब वायुयान सेवा सञ्चालक संस्थालाई प्रतिपटक १ लाख डलर वा सोबराबरको अन्य परिवर्त्य विदेशी मुद्रासम्मको सटही सुविधा पाउनेछन्।

Esewa
Crest

यसअघिको निर्देशनमा वायुयान सञ्चालक संस्थाले कति पटकसम्म सटही सुविधा पाउने भन्ने खुलाइएको थिएन।

यो सटही सुविधा पाउन फर्म, कम्पनी वा संस्था दर्ता प्रमाणपत्र र स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने व्यवस्था गरिएको छ। यसअघि पाउन फर्म, कम्पनी वा संस्था दर्ता प्रमाणपत्र र करदर्ता प्रमाणपत्र पेस गर्नुपर्ने व्यवस्था रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS