IME Life New

वन डढेलोका कारण उपत्यकाको वायू प्रदुषण कम्तीमा अझै एक साता रहने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उपत्यकामा केही दिनयता बढ्दै गएको वायू प्रदुषण कम्तीमा एक साता अझै कायमै रहने चेतावनी दिएको छ।

प्राधिकरणले वायू प्रदुषण गुणस्तर इकाइ एआइक्यु निक्कै अस्वस्थ्यकर बिन्दुमा पुगेको हुँदा श्वासप्रश्वास, दम, फोक्सोको संक्रमण, सुक्खा खोकी लाग्ने, घाँटी चिलाउने, आँखा पोल्ने, छाला सुख्खा हुने, छाला चिलाउने, एलर्जी र जलन हुने, टाउको दुःख्ने थकान महशुस हुने लगायतका शारीरिक तथा मानसिक समस्या बढ्दै गएको उल्लेख गरेको छ।

Esewa
Crest

स्वास्थ्यविद्हरूले वायू प्रदुषणबाट जोगिनका लागि पर्याप्त सावधानी अपनाउन सुझाव दिएका छन् । अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, शारीरिक व्यायामको गतिविधि घरभित्रै गर्न, कार्यालय वा बजार जानु परेमा सकेसम्म सार्वजनिक सवारी साधनको प्रयोग गर्न, मास्क लगाएर मात्र घर बाहिर निष्कन, आँखा चिलाउने समस्या भएमा चिकित्सकको सुझाव लिएर औषधी प्रयोग गर्न, पर्याप्त पानी पिउन र प्रदुषण फैलाउने कुनै पनि गतिविधि नियन्त्रणमा सहयोग गर्न अनुरोध गरेका छन् ।

प्राधिकरणले वायू प्रदुषण हुन नदिन र संकटासन्न संवेदनशील समूहलाई संभावित असरबाट जोगाउनका लागि आवश्यक कदम चाल्न समेत सम्बन्धित निकायलाई अनुरोध गरेको छ।

गत आइतबार यता देशभरका वनजंगलमा एक पछि अर्को गर्दै डढेलो लाग्न थालेको छ। काठमाडाैं उपत्यका वरपरका जङ्गलमा पनि डढेलो देखिएको छ। चुरेको फेदमा रहेको पर्सा, मकवानपुर, चितवन, बारा, उदयपुर लगायतका ४३ जिल्लामा डढेलोको प्रकोप अधिक छ। प्राधिकरणका अनुसार गत बुधबार मात्र देशका २५३ स्थानमा डढेलो लागेको थियो। पाँचथरमा एकजनाको ज्यान नै गएको छ।

डढेलो नियन्त्रण नहुँदासम्म वायू प्रदुषण नियन्त्रण नहुने भएकाले यो अवस्था जेठ महिनासम्म नै लम्बिने संभावना रहेको वातावरण विदको भनाई छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS