IME Life New

विमान दुर्घटनापछि एयर इन्डियाको ठूलो घोषणा, १५%ले घटाउँदै अन्तर्राष्ट्रिय उडान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हालै भारतको अहमदाबादमा भएको एयर इन्डियाको उडान नम्बर एआई१७१ को दुर्घटनापछि एयरलाइन्सहरुले सञ्चालन स्थिर गर्ने आवश्यकतामा जोड दिएका छन्। यसअन्तर्गत वाइडबडी विमानहरुमा अन्तर्राष्ट्रिय सेवाहरुमा अस्थायी कटौतीको घोषणा गरेका छन्। रिपोर्ट अनुसार एयर इन्डियाले अन्तर्राष्ट्रिय उडान १५ प्रतिशतले कटौती गर्ने भएको छ। विश्वव्यापी तनाव र सुरक्षा निरीक्षण कम्पनीले यो कदम चाल्नुको कारण हो।

६ दिनमा ८३ अन्तर्राष्ट्रिय उडान रद्द

Esewa
Crest

बिजनेस टुडेका अनुसार विमान दुर्घटना घटनामा शोक व्यक्त गर्दै एयर इन्डिया एयरलाइन्सले यो निर्णयलाई दुःखद् तर आवश्यक कदम भनेको छ। कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘हाम्रा यात्रु, नियामक, उड्डययन मन्त्रालय र सम्पूर्ण भारतको निरन्तर सहयोगमा हामी यस दुखद घटनाबाट बलियो भएर निस्कनेछौँ। मध्यपूर्वमा भूराजनीतिक तनाव, युरोप र पूर्वी एसियामा रात्रिकालीन हवाई कफ्र्यू र एयर इन्डियाका इन्जिनियरिङ र उडान कर्मचारीले अपनाएको सुरक्षा दृष्टिकोणले सञ्चालन चुनौती निम्त्याएको छ र यी कारणले गर्दा विगत छ दिनमा एयर इन्डियाका ८३ अन्तर्राष्ट्रिय उडान रद्द गरिएका छन्।’

जुन २० देखि उडानमा १५ प्रतिशत कटौती

एयर इन्डियाले हालको यस्तो जटिल अवस्थालाई ध्यानमा राख्दै एयरलाइन्सले आगामी केही हप्ताका लागि वाइडबडी विमानमा आफ्नो अन्तर्राष्ट्रिय सेवाहरु १५% ले घटाउने निर्णय गरेको छ। यो कटौती जुन २० देखि लागू हुन सक्छ र कम्तीमा जुलाईको मध्यसम्म प्रभावकारी रहने अनुमान गरिएको छ। कम्पनीले भन्यो, ‘यो कदमले फ्लिट उपलब्धता बढाउन र अप्रत्याशित अवरोधहरु कम गर्न मद्दत गर्नेछ।’

एयर इन्डियाले प्रभावित यात्रुलाई अग्रिम जानकारी गराउने, वैकल्पिक उडानहरुमा सिट उपलब्ध गराउने र टिकटको पैसा निःशुल्क फिर्ता गर्ने आश्वासन दिएको छ।

दुर्घटनामा प्रभावित परिवारसँग

एयरलाइन्सले अहमदाबाद विमान दुर्घटनास्थलमा यात्रु, चालक दल र नागरिकको मृत्युमा समवेदना व्यक्त गरेको छ र प्रभावित व्यक्ति र परिवारहरुलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ। एयर इन्डियाले विज्ञप्तिमा भनेको छ, ‘हामी मृतकका परिवारका सदस्यहरुलाई हाम्रो ठूलो परिवारको हिस्सा मान्दछौँ र उनीहरु सबैसँग पूर्ण ऐक्यबद्धतामा उभिन्छौँ।’

एयर इन्डियाले उड्डययन मन्त्रालय र गुजरात सरकारसँगको सहकार्यमा टाटा समूहका स्वयंसेवकमार्फत पीडित परिवारहरुलाई रसद, चिकित्सा सुविधा र अन्य सहयोग प्रदान गरिरहेको जानकारी दिइएको छ।

हृदयविदारक दुर्घटना जुन १२ को घटना

जुन १२ मा अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको केही मिनेटपछि, विमान नम्बर एआई १७१ मेघानी नगरको एक मेडिकल होस्टेलको भवनमा ठोक्किएको थियो। जसमा २४१ यात्रुसहित लगभग २७० जनाको मृत्यु भएको थियो। विमानमा सवार भारतीय मूलका बेलायती नागरिक रमेश विश्वास कुमार दुर्घटनामा बाँचेका एकमात्र यात्रु हुन्।

घटनाको अनुसन्धान जारी रहँदा नागरिक उड्डययन महानिर्देशनालय (डीजीसीए) ले एयर इन्डिया एयरलाइन्सको बोइङ ७८७ फ्लिटका लागि बढ्दो सुरक्षा निरीक्षणको आदेश दिएको छ। ३३ विमानमध्ये २६ वटालाई सञ्चालनका लागि अनुमति दिइएको छ। यसका साथै, सावधानीका रुपमा अब बोइङ ७७७ फ्लिटमा पनि यस्तै निरीक्षण गरिनेछ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS