IME Life New

‘इन्जिनमा इन्धन आपूर्ती रोकिएपछि एयर इण्डियाको हवाई जहाज दुर्घटना’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको अहमदाबादमा गत जुन १२ तारेखमा भएको एयर इण्डियाको हवाई जहाज दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिएको छ।

अनुसन्धान ब्यूरोले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनमा दुर्घटनाको मुख्य कारण उडानको क्रममा जहाजको इन्जिनहरूमा इन्धन आपूर्ति बन्द हुनुलाई औँल्याइएको छ ।

Esewa
Crest

बोइङ ७८७-८ ड्रिमलाइनर विमान अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको केही समयमै इन्धन नियन्त्रण गर्ने स्वीचहरू रन बाट कटअफ मोडमा एक सेकेन्डको फरकमा परिवर्तन भएको प्रतिवेदनमा उल्लेख छ। दुर्घटना हुनु अघि पाइलटले इन्धन आपूर्ती गर्ने स्वीचहरू पुनः अन गर्ने प्रयास गरेपनि असफल भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा उल्लेख भए अनुसार, यसले इन्जिनहरूमा इन्धन आपूर्ति बन्द भएर विमान असन्तुलित भएर विमानस्थल छेउको भवनमाथि खसेको थियो ।

प्रारम्भिक प्रतिवेदनमा जहाज दुर्घटनाअघि ककपिटमा भएका क्रियाकलापहरूप्रति गम्भीर प्रश्न उठाएका छन्।

विमानको ‘ब्ल्याक बक्स’ बाट ४९ घण्टाको उडान तथ्यांक र दुई घण्टाको ककपिट(चालक दल कक्ष) अडियो रेकर्ड भेटिएको छ । यसमा दुर्घटनाको क्षण पनि समावेश छ।

दुर्घटनामा जहाजमा सवार र दुर्घटनास्थलमा रहेका सहित २ सय ६० जनाको ज्यान गएको थियो। यो विमानले हैदराबादबाट उडान भरेर लन्डनको ग्याटविक विमानस्थलका लागि बेलुका ६ बजेर २५ मिनेटमा अवतरण हुने तालिका थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS