IME Life New

एयर इन्डियाको विमान दुर्घटनाले विश्वव्यापी उड्डययन पुनर्बीमकहरुमाथि बढायो दबाब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको अहमदाबादमा जुन १२ मा एयर इन्डियाको एआई–१७१ विमान उडेको दुई मिनेटमै दुर्घटनाग्रस्त भयो। जसमा चालक दलका सदस्यसहित २४१ यात्रुको मृत्यु भयो भने एकजनाको जीवितै उद्धार गरिएको छ। विमान आवासीय भवनमा ठोक्किँदा त्यहाँ रहेका ३४ जनाको पनि मृत्यु भएको छ। यो दुर्घटनामा हालसम्म २७५ जनाको मृत्यु भएको छ। केही घाइतेको अझै उपचार भइरहेको छ।

एयर एसियाको विमान दुर्घटनाले विश्वव्यापी उड्डययन पुनर्बीमा बजारमा दबाब थपेको छ। ग्लोबलडेटाका अनुसार बोइङ ७८७–८ ड्रिमलाइनरको पहिलो घातक हल क्षतिसँग सम्बन्धित यो घटनाले भारत र विश्वव्यापी रुपमा उड्डययन बीमक र पुनर्बीमकहरुमा ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ।

Esewa
Crest

सन् २०२३ मा भारतको घरेलु उड्डययन बीमा प्रत्यक्ष लिखित प्रिमियम (डीडब्ल्यूपी) १२ करोड ७८ लाख डलरको थियो। ग्लोबलडेटाका विश्लेषक स्वरुपकुमार साहूले भने, ‘यो एउटा घटनाबाट दाबीहरु सम्भावित रुपमा सम्पूर्ण वार्षिक प्रिमियमभन्दा बढी हुन सक्छन्।’

भारतीय बीमकहरुले सामान्यतया उड्डययन प्रिमियमको ९५ प्रतिशतभन्दा बढी विश्वव्यापी पुनर्बीमहरुलाई हस्तान्तरण गर्छन्। जसको अर्थ वित्तीय भार ठूलो मात्रामा अन्तर्राष्ट्रिय खेलाडीमा पर्नेछ।

न्यु इन्डिया एस्योरेन्स र टाटा एआईजी संलग्न प्राथमिक बीमक हुन्। यद्यपि, उड्डययनले उनीहरुको कुल प्रिमियमको क्रमशः १.१ प्रतिशत र १ प्रतिशत मात्र ओगटेको हुनाले उनीहरुको जोखिम सीमित छ।

दुवै कम्पनीले आफ्नो उड्डययन जोखिमको अधिकांश भाग पुनर्बीमा गरेका छन्। अनिवार्य छुट सुविधाका कारणले गर्दा राज्य–स्वामित्वमा रहेको पुनर्बीमा कम्पनी जीआईसी रिले लगभग ५ प्रतिशत जोखिम व्यहोर्नुपर्नेछ।

जेट एयरवेज र स्पाइसजेटद्वारा सञ्चालित विमानहरुमा क्षति र एसयू–३० लडाकु जेटसँग सम्बन्धित अघिल्लो दुर्घटनाजस्ता बारम्बार घटनाका कारण भारतको उड्डययन बीमा क्षेत्र घाटामा छ। एयर इन्डिया दुर्घटनाले यस क्षेत्रमा थप दबाब दिने अपेक्षा गरिएको छ।

दुर्घटनाबाट कुल बीमा लागत २० करोड डलरभन्दा बढी हुने अनुमान गरिएको छ। यसमा विमानको मूल्य, जुन ७ करोड ५० लाख डलरदेखि ८ करोड डलरमिलियन बीच अनुमान गरिएको छ र मोन्ट्रियल कन्भेन्सन र घरेलु कानुनअन्तर्गत यात्रु दायित्व लागत समावेश छ।

ग्लोबलडेटाले यो घटनाले पुनर्बीमा संरचनाहरुको पुनर्मूल्यांकन गर्ने र सन् २०२६ नवीकरण चक्रमा दर वृद्धिमा योगदान पुर्याउने अपेक्षा गरेको छ। भारत सरकारले बोइङ ७८७–८ विमानलाई ग्राउन्डेड गर्ने बारेमा पनि विचार गरिरहेको छ। जसले गर्दा व्यवसायमा अवरोधको दाबी आउन सक्छ। यसले गर्दा यी जोखिममा परेका बीमकको नाफामा थप क्षति पुग्न सक्छ।

ग्लोबलडेटाले विश्वव्यापी पुनर्बीमा कम्पनीहरुले अन्डरराइटिङ सर्तहरु कडा पार्ने, प्रिमियम बढाउने र वाइड–बडी विमानका लागि जोखिमको पुनर्मूल्यांकन गर्ने अनुमान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS