IME Life New

एयर इन्डिया विमान दुर्घटनाः बोइङविरुद्ध मृतकका छोरा पुगे अमेरिकी अदालत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतमा अहमदाबादमा भएको एयर इन्डियाको एआई–१७१ विमान दुर्घटनामा ज्यान गुमाएकी एक महिलाका छोरा न्याय माग गर्दै अमेरिकी अदालत पुगेका छन्।

विमान दुर्घटनामा ज्यान गुमाएकी कल्पना बेन प्रजापतीका छोरा हीर प्रजापतीले छिटो न्यायको माग गर्दै बोइङविरुद्ध अमेरिकी संघीय अदालतमा मुद्दा दायर गरेका हुन्। एएआईसँगको कुराकानीमा हीरले यो मुद्दा लड्न आफूहरुले वकिल माइक एन्ड्रयुजलाई जिम्मा दिएको बताए। उनले भने, ‘हामीले माइक एन्ड्रयुजलाई मुद्दा लड्ने जिम्मेवारी दिएका छौँ। हामीलाई आशा छ कि ब्ल्याक बक्सबाट प्राप्त जानकारीको विवरण हामीकहाँ सकेसम्म चाँडो आउनेछ। ता कि हामी हाम्रो वकिलसँग थप कारबाहीका बारेमा निर्णय गर्न सकौँ।’

Esewa
Crest

‘भारतमा मुद्दाहरु वर्षौंसम्म लम्बिन्छन्। हामी अमेरिकामा मुद्दा लडिरहेका छौँ’, हीरले भने, ‘ता कि फैसला छिटो दिन सकियोस्।’

हीरले परिवारलाई सहयोग गरेकोमा भारत सरकार, सुरक्षाकर्मी र चिकित्सकहरुप्रति कृतज्ञता व्यक्त गरेका छन्। उनले भने, ‘हामीलाई न्याय पाउने कुरामा हामी विश्वस्त छौँ। घटना हुँदा भारत सरकारले हामीलाई धेरै मद्दत गर्यो। सुरक्षाकर्मीले पनि हामीलाई मद्दत गरे। हामी चिकित्सकप्रति पनि आभारी छौँ’, उनले भने, ‘जसले डीएनए परीक्षणपछि तुरुन्तै शवहरु हामीलाई हस्तान्तरण गरेँ।’

हीरका अनुसार उनले पहिले जुन ११ मा आमाका लागि उडान तालिका बनाएका थिए। ‘तर, आमाको अनुरोधमा जुन १२ मा परिवर्तन गर्यौँ’, उनले भने, ‘आमाको दुर्घटनामा मृत्यु भयो। मैले पहिले जुन ९ मा उनका लागि उडान बुक गरेको थिएँ तर उनी उपवास बसेकी थिइन् र मलाई त्यो दिन यात्रा गर्न नसक्ने बताइन्। त्यसैले मैले जुन ११ का लागि उडान तालिका परिवर्तन गरेँ। तर उनले मलाई भनिन् कि उनी अनौठो मितिमा यात्रा गर्न चाहन्नन्। त्यसैले मैले अन्ततः जुन १२ को लागि टिकट बुक गरिदिएँ।’

‘परिवारहरु जबाफ खोजिरहेका छन्’, विमान दुर्घटनाका ६५ भन्दा बढी पीडित परिवारको प्रतिनिधित्व गर्ने प्रमुख वकिल माइक एन्ड्रयुजले एएनआईसँग भने, ‘आज त्रासदी भएको दुई महिना भयो। यो सबैका लागि धेरै कठिन दिन भएको छ। परिवारहरुले सम्झनामा मैनबत्ती मार्च आयोजना गरे। हामी यसमा सामेल हुन आमन्त्रित भएकोमा आभारी छौँ। विनाशका बारेमा सोच्न कुनै शब्द छैन। परिवारहरु अब फर्केर जबाफ खोजिरहेका छन्।’

जुन १२ मा एयर इन्डियाको उडान नम्बर एआई–१७१ बोइङ ७८७–८ विमान अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त भएको थियो। जसमा २२९ यात्रु, १२ चालक दलका सदस्य र १९ जना सवारसहित २६० जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS