IME Life New

भारतमा चालक दलसहित २४२ यात्रु सवार एयर इन्डियाको विमान दुर्घटनाग्रस्त, विस्तृत विवरण आउन बाँकी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको गुजरातस्थित अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना भएको खबर आएको छ। दुर्घटनास्थलबाट आकाशमा कालो धुवाँ उडिरहेको देखिएको छ।

उद्धार टोली घटनास्थल पुगेको छ। अहमदाबाद विमानस्थलबाट विमान उडान भरे लगत्तै यो दुर्घटना भएको बताइएको छ। विमानमा १२ जना चालक दलका सदस्य (दुईपाइलट सहित) र २३० यात्रुसहित २४२ जना सवार थिए। अहमदाबाद प्रहरी नियन्त्रण कक्षले यसको पुष्टि गरेको छ।

Esewa
Crest

यो विमान अहमदाबादबाट लन्डन जाँदै थियो। अहमदाबाद विमानस्थलबाट उडान भरेको केही समयपछि मेघानीनगर नजिकै दुर्घटनाग्रस्त भएको हो।

विमानस्थलबाट मेघानीनगरको दूरी लगभग १५ किलोमिटर छ। दुर्घटना लगत्तै ७ वटा दमकलका गाडी घटनास्थलमा पुगेर आगो निभाउन थालेका छन्।

घटनास्थलमा आपतकालीन प्रतिक्रिया टोली खटाइएको छ। अधिकारीहरुले अझै दुर्घटनाको कारण पुष्टि गरेका छैनन्। दुर्घटनाग्रस्त विमान बोइङको ७८७ ड्रीमलाइनर भएको बताइएको छ। जुन ११ वर्ष पुरानो थियो।

एयर इन्डियाको विमान एआई–१७१ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल (आईजीआई विमानस्थल) बाट अहमदाबादका लागि उडेको थियो। त्यहाँ केही समय रोकिएपछि बिहीबार दिउँसो लन्डनका लागि उडेको थियो र दुर्घटनाग्रस्त भएको थियो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS