काठमाडौं । एयर इण्डियाको एयरबस विमान त्रिभूवन विमानस्थलमा अवतरण गर्न नसकेर कोलकात्ता फर्किएको छ। त्रिभूवन विमानस्थलका अनुसार, उडान संख्या एआइ२१५ उडान संकेत नम्बरको विमान खराब माैसमका कारण अवतरण हुन नसकेर फर्किएको हो।
नयाँ दिल्लीस्थित राजीवगान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार बिहान ४ः३९ बजे काठमाडाैंका लागि उडान भरेको यो विमान काठमाडाैंको आकाशमा आइपुगेपनि खराब माैसमका कारण धावनमार्गमा अवतरण गर्न नसकी आकाशमा ६ फन्को लगाएर करिब ६ः११ बजे कोलकात्ता अन्तर्राष्ट्रिय विमानस्थलका लागि लागि डाइभर्ट भएको थियो।

केही दिनदेखि वायू प्रदुषणका कारण काठमाडाैं उपत्यकाको आकाश देखि जमिनसम्म तुँवालोले भरिएको छ। वायू प्रदुषण मापक अन्तर्राष्ट्रिय संस्थाका अनुसार, सोमबार काठमाडाैंको वायू प्रदुषणको स्तर विश्वमै सर्वाधिक मापन गरिएको थियो।












