IME Life New

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ। बैंकले प्रकाशन गरेको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा घटेको छ ।

यस समीक्षा अवधिमा बैंकले २ अर्ब ६३ करोड ६ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधि अर्थात असार मसान्तसम्ममा बैंकले ३ अर्ब ७३ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा बैंकको नाफा २९.५२ प्रतिशतले घटेको हो ।

Esewa
Crest

बैंकले असार मसान्तसम्म ९ अर्ब १२ करोड १५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले ९ अर्ब ४४ करोड ७४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । अघिल्लो वर्षको यसै अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी ३.४५ प्रतिशत कम हो।

समीक्षा अवधिमा बैंकले ३ अर्ब ९४ करोड ३५ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा कमी हो । अघिल्लो वर्षको यसै अवधिमा बैंकले ५ अर्ब २१ करोड ८ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

बैंकले यस अवधिमा ३ खर्ब ४७ अर्ब २१ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले २ खर्ब ९३ अर्ब ५८ करोड रुपैयाँ निक्षेत्र संकलन गरेको थियो । घिल्लो वर्षको तुलनामा निक्षेप संकलन १८.३६ प्रतिशतले बढेको हो। कर्जा लगानी २ खर्ब ४७ अर्ब १४ करोड रुपैयाँ पुगेको छ ।

यस अवधिमा बैंकको खुद वितरणयोग्य नाफा ५७ करोड २६ लाख रुपैयाँ रहेको छ । यस अवधिमा बैंकको इपीएस १६ रुपैयाँ ११ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ २३१ रुपैयाँ ७१ पैसा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS