IME Life New

शिवम् होल्डिङ्सको साधारण सभा सम्पन्न, नगद लाभांश वितरणको प्रस्ताव पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडको चौथो वार्षिक साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष शिवरतन शारडाको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८१/०८२ का लागि शेयरधनीहरूलाई रु ११ करोड ६० लाख बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

साथै, आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षक नियुक्त गर्ने लगायत सभा समक्ष प्रस्तुत सबै प्रस्तावहरू एकमतले पारित गर्दै वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

Esewa
Crest

शिवम् होल्डिङ्स लिमिटेड, नेपालमा सर्वाधिक रुचाइएको शिवम् ब्रान्डको ओ.पी.सी. सिमेन्ट उत्पादन गर्ने शिवम् सिमेन्ट्स लिमिटेडको ८५ प्रतिशत शेयर स्वामित्व रहेको कम्पनी हो। बाँकी १५ प्रतिशत शेयर नेपालका विभिन्न क्षेत्रमा सफल उद्यमी तथा व्यवसायीहरूको व्यक्तिगत लगानीमा रहेको छ ।

यस कम्पनीले आर्थिक वर्ष २०७८/०७९ देखि लगातार चौथो पटक शेयरधनीहरूलाई लाभांश वितरण गर्दै आएको छ। कम्पनीको हालको चुक्ता पूँजी रु ४ अर्ब ६४ करोड रहेको छ। साथै, कम्पनीले २० प्रतिशत बराबरको रु १ अर्ब १६ करोड मूल्यका शेयरहरू सर्वसाधारणमा प्रिमियम मूल्यमा निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गरिसकेको छ ।

शिवम् होल्डिङ्स लिमिटेडले नेपालको सबैभन्दा ठूलो उत्पादन क्षमता भएको हो । शी शिवम् सिमेन्टमा आफ्नो महत्वपूर्ण शेयर लगानी गरेको छ। उक्त कम्पनीमा ३० प्रतिशत नेपाली ( शिवम् होल्डिङ्स लिमिटेड) र ७० प्रतिशत चिनियाँ लगानी रहेको छ। उद्योग गण्डकी प्रदेश, पूर्वी नवलपरासी, विनयी त्रिवेणी गाउँपालिका, सर्दीमा अवस्थित छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS