IME Life New

सामुदायिक लघुवित्तको साधारण सभा आज हुँदै, यस्ता छन् एजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले १२ औं वार्षिक साधारण सभा आज गर्दैछ । सभा आज चैत २७ गते शुक्रवार बिहान ११ बजे गर्ने संस्थाले जनाएको छ । सभा होटेल उग्रचण्डीको सभाहल, बनेपा ०७, काभ्रेपलाञ्चोकमा गर्ने जनाएको छ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्त सम्मको वासलात तथा आर्थिक वर्ष २०८१ / ८२ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरण तथा अनुसूचीहरु छलफल गरी पारित गर्ने जनाएको छ ।

Esewa
Crest

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ अनुसार आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण गर्न लेखापरीक्षण समितिबाट सिफारिस भए बमोजिम लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले स्वतन्त्र सञ्चालक नियुक्तिका सम्बन्धमा सञ्चालक समितिको निर्णय अनुमोदन गर्ने, कम्पनीको हाल संस्थापक शेयर समुह र सर्वसाधारण समुहको शेयर क्रमशः ६१.११ २ ३८.८९ रहेकोमा साविक सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर मात्र संस्थाको कूल चुक्ता पुँजीको ८.६५ प्रतिशतले सर्वसाधारण शेयरमा परिवर्तन गरी संस्थापक शेयरधनीको तर्फबाट ५३.७२ प्रतिशत र सर्वसाधारण समुहको तर्फबाट ४६.२८ प्रतिशत शेयर स्वामित्व हुने गरी पुँजी संरचना परिवर्तन गर्नेप्रस्ताव पारित गर्नेछ ।

सभाले यस वित्तीय संस्था अन्य लघुवित्त वित्तीय संस्थासँग गाभ्ने गाभिने कार्य सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, विशेष प्रस्तावहरुका सम्बन्धमा नियमनकारी निकायहरुबाट स्वीकृति लिने, अभिलेख गर्ने क्रममा कुनै विषयमा संशोधन एवं परिवर्तन गर्ने निर्देशन भएमा सो समेत मिलाई कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन एवं परिवर्तन गर्ने लगायत अन्य सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगायतका विविध प्रस्ताव पारित गर्ने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS