IME Life New

पाकिस्तानमा भारतको सैन्य आक्रमणपछि अमेरिकाले भन्यो, अवस्थालाई नियाली रहेका छाैं

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कश्मिर पहलगाममा पर्यटकमाथि भएको आक्रमणमा पाकिस्तानी संलग्नता रहेको आरोप लगाउँदै भारतले पाकिस्तानविरूद्ध सैन्य हमला शुरू गरेको छ। भारतीय सेनाले बुधबार मध्यरातमा पाकिस्तान नियन्त्रित कश्मिरको नौ स्थानमा हवाई आक्रमण गरेको बिबिसी वर्ल्डको अनलाइन संस्करणले उल्लेख गरेको छ।

पाकिस्तानी सेनाका प्रवक्ताले पनि कम्तीमा नौ स्थानमा भारतीय पक्षबाट हवाई आक्रमण भएको पुष्टी गरेका छन् । बीबीसी न्यूज च्यानलसँग कुरा गर्दै पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले उनले भने कि पाकिस्तानी सेनाले जवाफी कारवाहीमा कम्तिमा दुई भारतीय जेट र एउटा ड्रोन खसालेको छ।

Esewa
Crest

भारतीय आक्रमणबाट कम्तीमा आठजना पाकिस्तानी नागरिक मारिएका छन् ।

भारतीय आक्रमणपछि अमेरिकी सरकारले औपचारिक प्रतिकृया जनाएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सामाजिक सञ्जाल एक्समा भनेका छन् कि, अमेरिकाले भारत र पाकिस्तान बीचको अवस्थालाई नजिकबाट नियालिरहेको छ।

बुधबार, अमेरिकास्थित भारतीय दूतावासले भनेको थियो कि भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले रुबियोसँग कुरा गरेका थिए र उनलाई गरिएका कारबाहीहरूको बारेमा जानकारी दिएका थिएू।

राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि भारतको हमलाको बारेमा सञ्चारकर्मीको प्रश्नहरूको जवाफ दिँदै यसलाई लज्जास्पद भनेका थिए। बिबिसी वर्ल्डका अनुसार,ट्रम्पले वाशिंगटन डीसीको ह्वाइट हाउसमा बोल्दै भने, मलाई आशा छ यो धेरै चाँडै समाप्त हुनेछ ।

रुबियोले भने कि उनले अमेरिकी राष्ट्रपतिको टिप्पणीलाई जोड्दै ,यो आशा छ चाँडै समाप्त हुनेछ भनेर दोहोर्‍याएका छन्। उनले यो पनि भने कि उनी शान्तिपूर्ण समाधानको लागि भारतीय र पाकिस्तानी दुवै नेतृत्वसँग निरन्तर सम्पर्कमा रहनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS