IME Life New

एएफसी महिला फुटबलः भुटानसँगको खेलमा नेपाल ६-१ ले विजयी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बंगलादेशमा जारी अण्डर टुवेन्टी महिला फुटबल प्रतियोगितामा भुटान विरूद्धको खेलमा शुक्रबार नेपाली राष्ट्रिय टोली ६-१ गोलको फराकिलो अन्तरले विजयी भएको छ।

बसुन्धरा किङ्गस एरिना खेल मैदानमा भएको प्रतियाेगितामा कमजोर प्रतिस्पर्धी विरूद्ध नेपालको मध्यान्तर अघि एकपक्षिय रहेको थियो। नेपाली महिला टोलीले ३ गोलको अग्रता लिएको थियो। मध्यान्तर पछिको खेलमा नेपाली टोलीले थप ३ गोल गरेको थियो।

Esewa
Crest

नेपाली फरवार्डर पूर्णिमा राइले नेपालका लागि ह्याट्रिक सहित ४ गोल गरिन् । पूर्णिमाले १८ औं, ५३औं, ८३औं र ८८औं मिनेटमा गोल गरेकी हुन् । नेपालको जीतमा सेनु परियारले ९ र ४५ औं मिनेटमा गोल गरेकी थिइन् ।

भुटानको तर्फबाट मध्यान्तर पछिको समयमा भएको १ गोल नै अन्तिम गोल रह्यो। खेलको मध्यान्तर पछि भुटानी टोली लयमा फर्किने प्रयास गर्दै केल्देन वाङ्मोले ५३औं मिनेटमा भुटानका लागि गोल फर्काइन् । भुटानले मध्यान्तर पछिको शुरूवाती मिनेटहरूमा नेपाली टोलीमाथि दबाब बनाउन सफल भएको थियो।

नेपाली फरवार्डर खेलाडीहरू सामूहिक प्रयास भन्दा पनि एक्लै गोल गर्ने प्रयासमा केन्द्रित रहँदा डि एरिया आसपास प्राप्त थुप्रै अवसरहरू गुमाउनुपरेको थियो।

नेपालले कमजोर प्रतिस्पर्धीसँगको खेलमा जित हासिल गरेपनि बलियो प्रतिस्पर्धी बंगलादेशसँगको भिडन्तमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीको वास्तविक परिक्षा हुनेछ। बंगलादेशसँग नेपाली टोलीको आइतबार भिडन्त हुनेछ।

यसअघि दिउँसो भएको खेलमा बंगलादेशले श्रीलंकालाई ९-१ को फराकिलो अन्तरले पराजित गरेको थियो। दक्षिण एशियाली कप विजेता बंगलादेशको महिला फुटबल टोली दक्षिण एशियामै सबैभन्दा सशक्त देखिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS