IME Life New

सकृय जीवन बीमालेखको बिक्री झण्डै ३० प्रतिशत बढ्यो, १९ लाख बीमालेख जारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनी र लघु जीवन बीमा कम्पनीहरूबाट बीमालेख बिक्री संख्या करिब ३० प्रतिशत बढेको छ।

नेपाल बीमा प्राधिकरणका अनुसार,  गत आर्थिक वर्ष २०८१।८२ को पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा जीवन बीमकबाट जारी बीमालेखको संख्या २९.८६ प्रतिशत वृद्धि भएको हो। म्यादी बीमालेख र वैदेशिक रोजगारी म्यादी बीमालेखको बिक्री बढेकाले बीमालेख बिक्री संख्यामा उल्लेख्य वृद्धि देखिएको हो।

Esewa
Crest

पहिलो त्रैमासिक अवधिसम्ममा १४ जीवन बीमक र ३ वटा लघु जीवन बीमक समेत १७ जीवन बीमा कम्पनीले कुल १९ लाख ८३९ वटा बीमालेख बिक्री गरेका छन्।जीवन बीमकले गत वर्ष असोजसम्ममा कुल १४ लाख ६३ हजार ७२० बीमालेख जारी गरेकोमा यो वर्ष १९ लाख ८३९ वटा बीमालेख जारी गरेका छन् ।

प्राधिकरणका अनुसार, जीवन बीमकले जारी गरेको बीमालेख मध्ये सकृय जीवन बीमालेखको संख्या पनि चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा १५.५६ प्रतिशतले वृद्धि भएको छ। चालू यस आर्थिक वर्ष २०८२।८३ को असोज मसान्त्तसम्ममा १ करोड ५९ लाख ९ हजार १३५ वटा सकृय जीवन बीमालेख रहेका छन् ।

बीमा अवधि पुरा नभएको अवस्थामा नविकरण बीमाशुल्क भुक्तानी गर्नुपर्ने अवधिबाट ६ महिना ननाघेका वा बीमाशुल्क भुक्तानी भएर बीमाको शर्तहरू सकृय रहेको जीवन बीमालेखहरू सकृय बीमालेखका रूपमा गणना हुन्छ।

असोज मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरूले कुल ७ लाख ८० हजार ६१३ वटा बीमालेख जारी गरेका छन् । गत आवको सोही अवधिको तुलनामा जारी बीमालेख संख्या ५.७८ प्रतिशतको सामान्य अंकले वृद्धि भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS