IME Life New

क्षमताको १८ प्रतिशत मात्रै उपयोग गर्न सकेको एकर्ड फर्मास्युटिकल्सले लियो इस्युअर रेटिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । क्रेडिट रेटिङ संस्था इन्फोमेरिक्स नेपालले, एकर्ड फर्मास्युटिकल्स लिमिटेडलाई दीर्घकालीन बैंक कर्जामा ‘बी प्लस’ र अल्पकालीन ऋणमा ‘ए फो’ रेटिङ दिएको छ।

कम्पनीको शेयर जारीकर्ता रेटिङ पनि ‘बी प्लस’ तोकिएको छ। यी तीनवटै प्रयोजनका लागि जारी गरिएको वित्तीय सबलता मूल्याङ्कन (रेटिङ)ले कम्पनीको ऋण भुक्तानी क्षमता कमजोर रहेको अवस्थालाइ संकेत गर्छ। रेटिङ एजेन्सीले ऋण चुक्ता गर्ने क्षमतामा सावधानीपूर्वक निगरानी आवश्यक रहेको जनाएको छ।

Esewa
Crest

एलोपेथिक अर्थात रसायनिक औषधि उत्पादन गर्दै आएको यो फर्मास्युटिकल्सले पछिल्ला केही वर्षमा आम्दानी र मुनाफामा उल्लेखनीय वृद्धि प्रदर्शन गरेपनि व्यापारको आकार बढ्न सकेको छैन।

औषधि उत्पादन र बिक्री विस्तारसँगै पछिल्लो तीन वर्षमा यो कम्पनीको कारोबार आम्दानी करिब ८ गुणा बढेको देखिएको छ तर कारोबार आकार सीमित छ। गत आर्थिक वर्ष २०८१।८२ मा कम्पनीको सञ्चालन नाफा मार्जिन ५१ प्रतिशतभन्दा माथि पुगेको देखिन्छ, जुन उत्पादन व्यवसायका लागि उच्च मानिन्छ।

कम्पनीले लुभुस्थित औषधि कारखानामा जडित उत्पादन क्षमताको पूर्ण प्रयोग गर्न सकेको छैन। ट्याब्लेट खण्डमा मुश्किलले १८ प्रतिशत क्षमता उपयोग गरेको छ भने अन्यमा त्यो भन्दा पनि थोरै उपयोग भएको छ। सीमित क्षमता उपयोगका कारण यसको उत्पादनमा स्थिर लागतको हिस्सा उच्च छ।

कम्पनीको पूँजी संरचनामा पनि स्वपूँजीको तुलनामा ऋण पूँजीको हिस्सा धेरै छ। ऋण–पूँजी अनुपात उच्च हुँदा ब्याज खर्च बढ्ने र खर्चले घाटाको जोखिम पनि बढ्छ।

कच्चा पदार्थ र तयारी माल दुबै खाले सामान जगेडा राख्ने अवधि लामो छ। बजारमा उधारो बिक्रीका लागि उपलब्ध गराएको अवधि पनि अन्य प्रतिस्पर्धी कम्पनीहरुको भन्दा लामो छ। यसले नगद प्रवाहलाई कमजोर बनाएको छ, जसका कारण नगद प्रवाहका लागि बैंक ऋण सुविधामा उच्च निर्भरता देखिन्छ।

यो कम्पनीका लागि घरेलु बजारमा स्थापित देउराली जनता, नेपाल फर्मास्युटिकल्स, क्वेष्ट फर्मास्युटिकल्स, नेशनल हेल्थकेयर लगायतका ठूलो औषधि उत्पादक कम्पनीहरुसँग प्रतिस्पर्धा कडा छ।

यो कम्पनीले सर्वसाधारणबाट पूँजी जुटाएर ऋण चुक्ता गर्न प्रयोग गरेको अवस्थामा पूँजी संरचना सुधार हुने सम्भावना छ। उत्पादन क्षमता पूर्ण रूपमा चलाउन सके नाफा स्थिर र दिगो बन्न सक्छ। औषधि वितरक ग्राहकबाट रकम असुली समय घटाउन सके, नगद प्रवाह बलियो हुनसक्ने इन्फोमेरिक्सको सुझाव छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS