IME Life New

बिहान ९ बजे दुर्घटना, ११ बजे बीमा, दिउँसो ३ः१५ मा दुर्घटना भएको दाबी गर्दै क्षतिपूर्ती माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सार्वजनिक यातायातमा प्रयोग गरिने सवारी साधनको तेश्रो पक्ष बीमा मात्र नभएर चालक र यात्रु सहितको सघन बीमा गरिएको हुनुपर्छ।

सार्वजनिक यातायातका लागि प्रयोग हुने जीप, बस, माइक्रो बस दुर्घटनामा परेको अवस्थामा तेश्रो पक्षलाई मात्र नभएर बस चालक, सह चालक र यात्रुलाई समेत हानी नोक्सानी हुनसक्ने वा ज्यान जान सक्ने जोखिम हुन्छ। त्यसैले यी सबै दायीत्व बहन हुने गरी सवारीधनीले अनिवार्यरूपमा बीमा गराउनुपर्छ।

Esewa
Crest

अधिकांश यातायात व्यवसायी संघको नेतृत्वले सदस्य सवारी धनीबाट बीमाशुल्कवापतको रकम पटके पिच्छे असुल्ने तर सकेसम्म बीमा नै नगर्ने र कुनै समयमा दुर्घटना परी हाले प्रहरीलाइ प्रभावमा लिएर वा पीडित पक्षलाई धम्क्याएर वा बीमा कम्पनीमा फर्जी कागजातको भरमा दाबि गरेरै भएपनि क्षतिपूर्तीको दायीत्वबाट उम्कने प्रयास गरिरहेका हुन्छन्।

यस्तै एउटा घटना केही वर्ष अघि शिखर इन्स्योरेन्स कम्पनीमा गरिएको सवारी दुर्घटना बीमा क्षतिपूर्ती दाबीको घटनामा देखिएको छ।

घटनाको विवरणः

शिखर इन्स्योरेन्समा बीमा गरिएको लु १ ख ४७९२ नम्बरको ट्रक २०७५ साल असोज २१ गते नवलपरासी कावासोती नपा ३ थकाली चोकस्थित पूर्व पश्चिम राजमार्गमा विपरित दिशाबाट आउँदै गरेको बा ८ च ४५२० नम्बरको कारलाई ठक्कर दिंदा कार क्षतिग्रस्त हुन पुग्यो। कारमा सवार ३ जना घाइते भए।

राजमार्गमा दिउँसो ३ः१५ बजेको उज्यालो समयमा भएको दुर्घटना र प्रहरीले दुर्घटना प्रमाणित गरेको र घाइतेहरूको उपचार सम्बन्धित प्रमाणित कागज समेत बीमा कम्पनीमा पेश गरेपनि बीमा कम्पनीले दाबी भुक्तानी दिन अस्वीकार गर्यो । निवेदन रद्द गरिदियो।

बीमा वापतको दाबी रकम नपाएको भन्दै पश्चिमाञ्चल यातायात बुटवल अध्यक्ष यम प्रसाद पाण्डेले २०८० बैशाख ३ गते नेपाल बीमा प्राधिकरणमा निवेदन दिए ।

शिखर इन्स्योरेन्सको जिकीरः

उजुरीको प्रारम्भिक अनुसन्धान शुरू गर्दै दाबी भुक्तानी किन नदिएको भन्दै प्राधिकरणले शिखर इन्स्योरेन्ससँग लिखित जवाफ माग्यो। प्रतिकृयामा शिखर इन्स्योरेन्सले खगराज गौतमको स्वामित्व रहेको लु १ ख ४९७२ नम्बरको ट्रकको बीमाका लागि २०७५ असोज २१ गते बिहान ११ बजेदेखि २०७६ असोज १९ गतेसम्म १ वर्षे अवधिका लागि बीमालेख जारी गरिएको जानकारी गरायो। साथै जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता–पूर्व को मिति २०७७ जेठ १८ को पत्रमा दुर्घटनाको वास्तविक मिति २०७५ असोज २१ गते बिहान ९ बजे भएको भन्ने खुल्न आएकोले त्यो दुर्घटना बीमालेखको बीमा अवधि लागु हुनु भन्दा अगावै घटेको देखिएका कारण दाबी भुक्तानी हुन नसकेको जवाफ २०८० बैशाख २६ गते शिखर इन्स्योरेन्सले प्राधिकरणलाई दियो।

प्राधिकरणलाई जिल्ला प्रहरी कार्यालयको जवाफः

प्राधिकरणले २०८० फागुन १८ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वसँग लिखित जानकारी माग गर्‍यो। प्रतिकृयामा जिल्ला प्रहरी कार्यालयले २०७५ असोज २१ गते बिहान ९ बजे दुर्घटना भएको जानकारी गराएको थियो। शिखर इन्स्योरेन्सले मागेको जानकारीमा पनि प्रहरी कार्यालयले दुर्घटनाको समय बिहान ९ बजे नै उल्लेख गरेको थियो। पश्चिमाञ्चल यातायात व्यवसायी संघ बुटवलले बीमा दाबी गर्ने क्रममा पेश गरेको जिल्ला प्रहरी कार्यालयकै पत्रमा बीमा कम्पनीलाइ ढाँट्न दुर्घटनाको समय दिउँसो अन्दाजी ३ः१५ बजे उल्लेख गरिएको थियो ।

फट्याइँ गर्नेलाई उन्मुक्तिः

यहाँ यातायात संघले जिल्ला प्रहरी कार्यालयको कर्मचारीलाई प्रभावमा पारेर दुर्घटनाको गलत समय उल्लेख गर्न लगाएको वा पत्र नै नक्कली पेश गरेको हुनुपर्छ। पत्रमा झूठो विवरण उल्लेख गर्न लगाएको वा नक्कली पत्र जारी गरेको विषयलाई लिएर यातायात व्यवसायी संघका पदाधिकारी वा जिल्ला प्रहरी कार्यालयबाट पत्र जारी गरिदिने प्रहरी कर्मचारीविरूद्ध समेत कारवाहीका लागि समेत प्राधिकरणले सम्बन्धित निकायमा सिफारिश गर्नुपर्नेमा त्यसबारे प्राधिकरण माैन रह्यो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%
happy

खुसी

40%
sad

दु :खी

0%
amazed

अचम्मित

20%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS