IME Life New

एसिसी मेन्स यु १६ क्रिकेटमा सिंगापुर विरूद्ध नेपालको ऐतिहासिक जीत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मलेशियामा जारी एसिसी मेन्स यु १६ क्रिकेटमा सिंगापुर विरूद्धको फाइनल खेलमा २ विकेटले पराजित गर्दै नेपालले जित हासिल गरेको छ।

शनिबार भएको फाइनल खेलमा नेपालले २९ ओभर खेल्दै ८ विकेटको क्षतिमा ११४ रनको लक्ष्य पुरा गर्दै जित हासिल गरेको हो। नेपालको यो एसिसी मेन्स यु १६ इष्ट जोनको फाइनल खेलमा दोश्रो जित हो। यसअघिको संस्करणमा नेपाली तन्नेरी टोलीले मलेशियाविरूद्धको फाइनल खेलमा जित निकाल्दै उपाधी हात पारेको थियो।

Esewa
Crest

नेपालको तर्फबाट जोय थापा ५३ बलको सामना गर्दै २४ रन बनाएर मैदानमा लामो समयसम्म टिकिरहँदा ८ विकेटको क्षतिका बावजुद नेपालले लक्ष्य चुम्न सफल भएको हो। नेपालका लागि अभय यादवले अन्तिम छक्का प्रहार गर्दै नेपाललाई ११७ रनको स्कोरमा पुर्‍याउँदै नेपालको अपराजित यात्रालाई उचाइँमा पुर्‍याई दिए। यादवले कुल १२ बलमा १० रन जोडे।

नेपालको तर्फबाट दोश्रो सर्वाधिक रन बनाएका शिवांश बजगाइले १३ बलमा २० रन जाेडेका थिए। शुभम खनालले ४९ बलमा १८ रन र प्रसिद्ध बजगाइँ २८ बलमा १७ रन जोडेका थिए। प्रसिद्ध जैसी र शिवांस बजगाइँले २३ बलमा २७ रनको साझेदारी गरेका थिए।

नेपालका लागि परिमार्जन यादवले ९ बलमा ३ चाैका सहित १३ रन थपे पनि उनी दोश्रो ओभरमै मैदानबाट बाहिरिन बाध्य भए। विपिन प्रसाद शर्मा दोश्रो बलमा बोल्ड हुँदा र राैनक श्रीवास्तव पहिलो बलमै मैदानबाट बाहिरिन बाध्य भएका थिए।

नेपाली टोली लगातार अपराजित रहँदै फाइनल चरणमा प्रवेश गरेको थियो।

नेपालका लागि सिंगापुरी बलर कपिस भेंकटरमन घातक बलर साबित भएका थिए। उनले ६ ओभरमा जम्मा १८ रन खर्चिएर ४ विकेट हात पारे । अर्का बलर युवान पाण्डेले ८ ओभरमा ३० रन खर्चिंदा २ विकेट र वेदान्स गुप्ताले ६ ओभर बल फ्याक्दा २० रनको खर्चमा १ विकेट छट्काए। आकाश तेजाले पनि कसिलो बलिङ गर्दै ५ ओभरमा २० रनको खर्चमा १ विकेट हात पारेका थिए।

मलेशियाको बाङ्गीस्थित वाइएसडी युकेएम ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले निर्धारित ५० ओभरको खेलमा ४० ओभर ५ बलमा सबै विकेट गुमाउँदै ११३ रन बनाएको थियो।

इनिङ्सको दोस्रो बलमै आहान बुथान्दमलाई डकआउटमा गुमाएको सिङ्गापुरका लागी रोहन अस्टिन अरूणले सर्वाधिक २३ रनको योगदान दिएका थिए । कप्तान रियान नाइकले १५ बनाए ।

अन्तिम विकेटका रूपमा आकाश तेजा र वेदांश गुप्ताले २५ रनको साझेदारी गरेपछि सिङ्गापुरले १ सय रनको आकडा पार गरेको थियो । आकाश १० रनमा आउट भए । वेदांश १२ रनमा अविजित रहे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाएन सकेनन् ।

सिङ्गापुरलाई रोक्न नेपालका लागी सुसिल रावल र अभय यादवले समान ३–३ विकेट लिए । शुभम खनालले २ तथा कप्तान विपिन शर्माले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS