IME Life New

हिमाली क्षेत्रमा औसतभन्दा बढी वर्षाको पूर्वानुमान, नेपालमा पनि हिमताल विस्फोटको जोखिम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वातारण र जलवायु परिवर्तनसँग सम्बन्धित अनुसन्धानमा संलग्न अन्तरसरकारी संस्थाका विज्ञहरुले यस वर्ष हिन्दु कुश हिमालय क्षेत्रमा औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान गरिएकाले एक्कासि आउने बाढी, पहिरो र हिमताल विस्फोटको उच्च जोखिम रहेको छ।

इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड)ले मनसुन अवधिमा हिन्दु कुश हिमालय क्षेत्रको तापक्रम सामान्यभन्दा २ डिग्री सेल्सियससम्म बढी हुन सक्ने पनि जनाएको छ। हिन्दु कुश क्षेत्रअन्तर्गत दक्षिण एसियाली मुलुकहरु अफगानिस्तान, पाकिस्तान, भारत, भुटान, बंगलादेश र म्यानमार र छिमेकी चीन पर्छ। बढ्दो वर्षा र तापक्रमका कारण यी सबै देश उच्च जोखिममा रहेका छन्।

Esewa
Crest

इसिमोडले आफ्नो प्रतिवेदनमा भनेको छ, ‘विभिन्न मौसमसम्बन्धी निकायहरुले जुनदेखि सेप्टेम्बरसम्म सामान्यभन्दा बढी वर्षा हुने भविष्यवाणी गरेका छन्, जसले पहाडी क्षेत्रमा विनाशकारी बाढी र पहिरोको उच्च जोखिम निम्त्याउनेछ।’

प्रतिवेदनमा थप भनिएको छ, ‘हिन्दु कुश हिमालयमा बढ्दो तापक्रमले हिम नदी र हिउँ पग्लने प्रक्रियालाई तीव्र बनाउन सक्छ। जसले गर्दा नदीको बहाव छोटो समयका लागि बढ्ने र हिमताल विस्फोटको जोखिम बढ्नेछ। साथै, तापक्रम वृद्धिले हिउँ जम्मा हुने प्रकृयालाई घटाउँछ। यसले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने लाखौँ मानिसका लागि दीर्घकालीन पानीको आपूर्तिमा खतरा निम्त्याउन सक्छ।’

विशेषगरी हिन्द महासागर र दक्षिण एसियासँग जोडिएका मौसमी प्रणालीहरुका कारण हिन्दु कुश हिमालय क्षेत्र मनसुनप्रति निकै संवेदनशील छ। जुनदेखि सेप्टेम्बरसम्मको वर्षा यस क्षेत्रका लागि पानीको मुख्य स्रोत हो। यसले करिब २ अर्ब मानिसलाई सहयोग गर्ने नदी प्रणालीहरुमा ठूलो प्रभाव पार्छ।

यी नदीहरुलाई पुनर्भरण गर्न मनसुन महत्वपूर्ण भए पनि जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण बाढी, पहिरो, आँधी, गर्मीका लहर, डढेलो, खडेरी र हिमताल विस्फोटजस्ता जलसँग सम्बन्धित प्रकोपहरुको खतरा बढ्दै गएको छ। सन् १९८० देखि २०२४ सम्म यस क्षेत्रमा भएका ७२.५ प्रतिशतभन्दा बढी बाढीका घटनाहरु मनसुन सिजनमै भएका थिए।

इसिमोडका अनुसार यो क्षेत्रमा हिउँदमा हिउँले ढाकिएको क्षेत्रफल ९ लाख ५१ हजार वर्गकिलोमिटरदेखि १३ लाख ९० हजार वर्गकिलोमिटरसम्म फैलिएको हुन्छ। गर्मीमा खुम्चिएर यो ३ लाख ८८ हजारदेखि ४ लाख ८१ हजार वर्गकिलोमिटर रहने गरेको छ। हिन्दु कुश हिमालय क्षेत्रको कुल हिमनदी क्षेत्रफल ८७ हजार ३४० वर्ग किलोमिटरसम्म फैलिन सक्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS