IME Life New

नेपाल फाइनान्सको करिब ८ लाख कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल फाइनान्सको करिब ८ लाख कित्ता शेयर आज भदौ १२ गतेबाट बिक्रीमा राखिएको छ।

कम्पनीको संस्थापक समूहको ७ लाख ९४ हजार ९७१.१८७ कित्ता अवितरित हकप्रद शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो शेयरमा इच्छुक व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनतममा १ हजार कित्ताका लागि बोलपत्र पेस गर्नुपर्नेछ। अधिकतममा १० अंकले भाग जाने गरी बोलपत्र पेस गर्न सकिनेछ।

बोलपत्र पेस गर्ने अन्तिम मिति भदौ २६ गतेसम्म रहेको छ। बोलपत्र काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटलसँगै नेपाल फाइनान्सको केन्द्रीय कार्यालय (कमलादी) तथा शाखाहरु बनेपा, माछापुच्छ्रे, लगनखेल । तिलोत्तमा र प्रभु बैंकका शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, नेपालगन्ज, सुर्खेत र धनगढीमा पेस गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS