IME Life New

मेरो माइक्रोफाइनान्सको करिब पौने २ लाख कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको करिब पौने २ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ।

संस्थाको संस्थापक समूहको १ लाख ७२ हजार ३७२ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई संस्थाका विद्यमान संस्थाका संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३२०, ३२५ र ३४० रुपैयाँ तय गरिएको छ। संस्थापक शेयरधनीहरुले शेयर खरिदका लागि निवेदन दिँदा तोकिएको न्यूनतम मूल्य वा सोभन्दा बढी कबोल गर्नुपर्नेछ।

यो शेयर खरिदका लागि ३५ दिनभित्र निवेदन पेस गर्नुपर्नेछ। निवेदन काठमाडौंको सीतापाइलास्थित संस्थाको सम्पर्क कार्यालयमा दिन सकिनेछ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS