IME Life New

दुई जीवन बीमा कम्पनीको करिब डेढ लाख कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दुई जीवन बीमा कम्पनीको करिब डेढ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ।

हिमालयन लाइफ इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको कुल १ लाख ४७ हजार ९१४ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। जसमा हिमालयन लाइफको १ लाख १२ हजार २४० कित्ता र प्रभु महालक्ष्मी लाइफको ३५ हजार ६७४ कित्ता शेयर रहेको छ।

Esewa
Crest

यी दुवै कम्पनीका शेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन पेस गर्न सकिनेछ। यसका लागि दुवै कम्पनीले ३५ दिनको समय दिएका छन्।

इच्छुक संस्थापक शेयरधनीहरुले तोकिएको अवधिभित्र हिमालयन लाइफको शेयर खरिदका लागि काठमाडौं हात्तीसारस्थित कम्पनीको केन्द्रीय कार्यालयमा रहेको कानुन शाखामा र प्रभु महालक्ष्मी लाइफको शेयर खरिद गर्न कमलादीस्थित केन्द्रीय कार्यालयमा निवेदन पेस गर्न सक्नेछन्।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन परेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने दुवै कम्पनीले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS