IME Life New

छिमेक लघुवित्तको करिब १ लाख ३४ हजार कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेक लुघवित्त वित्तीय संस्थाको करिब १ लाख ३४ हजार कित्ता शेयर बिक्रीमा राखिएको छ।

संस्थाको संस्थापक समूहको १ लाख ३३ हजार ९७१ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९० रुपैयाँ तोकिएको छ। शेयर खरिदका लागि निवेदन पेस गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी कबुल गर्नुपर्नेछ।

निवेदन संस्थाको काठमाडौंको मध्यबानेश्वरस्थित केन्द्रीय कार्यालयमा पेस गर्नुपर्नेछ। निवेदन पेस गर्न ३५ दिनको म्याद दिइएको छ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS