IME Life New

नेपाल फाइनान्सको झन्डै ११ लाख कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल फाइनान्सको झन्डै ११ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ।

कम्पनीले केही समयपहिले आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर बिक्री खुला गरेको थियो। त्यतिबेला बिक्री नभएको संस्थापक समूहको १० लाख ९० हजार ३७१.१८७ कित्ता शेयर आज जेठ ११ गतेबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो।

Esewa
Crest

यो शेयरमा इच्छुक जोकोही व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सकिनेछ। बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता र सोभन्दा बढीका लागि १० अंकले भाग जाने गरी खरिद आवेदन दिनुपर्नेछ। शेयर खरिदका लागि असार १ गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाडौं कमलादीस्थित कार्यालयका साथै नेपाल फाइनान्सको केन्द्रीय कार्यालय कमलादी, शाखाहरु बनेपा, माछापुच्छ्रे, लगनखेल र तिलोत्तमा र प्रभु बैंकका शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, नेपालगन्ज, सुर्खेत र धनगढीमा पेस गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS