काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको ६७ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।
संस्थाको संस्थापक समूहको ६७ हजार ३५० कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई संस्थाकै संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।
शेयर खरिदका लागि निवेदन दिन ३५ दिनको समय दिइएको छ। यस अवधिभित्र संस्थापक शेयरधनीहरुले काभ्रेको पनौतीस्थित संस्थाको केन्द्रीय कार्यालय वा शेयर रजिस्ट्रार कुमारी क्यापिटलको काठमाडौंको नक्सालस्थित कार्यालयमा निवेदन दिन सक्नेछन्।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने संस्थाले जनाएको छ।












