IME Life New

आत्मनिर्भर लघुवित्तको लाभांश घोषणा, साधारण सभा बैशाख ७ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त लाभांश प्रस्ताव पारित गर्न लघुवित्तले २०८३ बैशाख ७ गते सातौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा घोराही उपमहानगरपालिका १५, दाङमा बिहान ११ बजे शुरु हुनेछ।

Esewa
Crest

लाभांश प्रस्तावका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले चैत २६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

1774448853702

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS