IME Life New

बीमाको रकम हडप्ने अनौठो तरिका, जीवित नोकरलाई मृत घोषणा गरेर पुतला दहनको कोसिस !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काडमाडौं । छिमेकी मुलुक भारतमा बीमाको रकम हडप्न अर्को अनौठो घटना घटेको छ। यो घटनाले सबैलाई चकित पारेको छ।

भारतको उत्तर प्रदेशस्थित हापुर जिल्लाको हापुर नगरपालिका र दाहसंस्कार कर्मचारीको सतर्कताका कारण ठूलो बीमा ठगी टरेको छ। यो घटनाले भविष्यमा नोकरको ज्यान खतरामा पर्ने सम्भावनालाई पनि नकार्न सकिँदैन। यो सम्पूर्ण घटनामा चरणबद्ध रुपमा ठगी समावेश थियो।

Esewa
Crest

हापुरका कमल सोमानीले आफ्नो जीवित नोकरलाई मृत घोषित गरेर उसको ठाउँमा डमी (पुतला) दाहसंस्कार गरेर ५० लाख भारतीय रुपैयाँ हडप्ने षड्यन्त्र रचेका थिए। सोमानीले आफैँले नोकरको ५० लाख भारुको बीमा गरेका थिए। अहिले यो घटनाले धेरै प्रश्न उठाएको छ। यदि नगरपालिकाका कर्मचारी र दाहसंस्कारमा संलग्न कर्मचारीहरुले थोरै मात्र गल्ती गरेको भए पनि उनी आफ्नो उद्देश्यमा सफल हुने थिए।

दाहसंस्कारमा उपस्थित मानिसहरुले चितामा डमी देखेपछि चिच्याउन थाले। आफ्नो बचाउ गर्न सोनामीले अस्पतालका कर्मचारीलाई शवलाई डमीले बदलेको आरोप लगाए र रुन थाले। उनले घटनास्थलमा पुगेका प्रहरीलाई भने, ‘मेरो नोकर बिरामी थियो र अस्पतालमा उपचारका क्रममा मृत्यु भयो।’

यस क्रममा सोमानीले अस्पतालका कागजात पनि प्रहरीले देखाए। यो देखेर प्रहरी आफैँ आश्यर्च चकित भयो।

यसैबीच प्रहरीले सोमानीको कार खानतलासी गर्नेबित्तिकै त्यसभित्र थप दुई डमी भेटिए। त्यसपछि प्रहरी अनुसन्धानको दिशा परिवर्तन भयो। प्रहरीले उनलाई हिरासतमा लिएर कडाइका साथ सोधपुछ गर्यो। अनि उनले सम्पूर्ण कुरा बाहिर ल्याए।

वास्तवमा सोमानी गंगाघाटमा अन्तिम संस्कारका क्रममा प्राप्त मृत्यु प्रमाणपत्र प्राप्त गरेर बीमाको रकम ठगी गर्न चाहन्थे। तर, त्योभन्दा पहिले नै उनको पर्दाफास भयो।

जानकारी पाएपछि एसपी कुँवर ज्ञानेन्द्र सिंह गढमुक्तेश्वर प्रहरीचौकी पुगे र सम्पूर्ण मामिलाको हरेक कोणबाट अनुसन्धान गर्न निर्देशन दिए। हाल यो घटनाको थप अनुसन्धान भइरहेको एपी सिंहले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS