IME Life New

भारतमा एक नेपाली युवाले साथीसँग मिलेर ३० हजारमा सुरु गरे व्यवसाय, अहिले अर्बौंको साम्राज्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काभ्रेको पात्लेखेतका विनोद हुमागाईंले साथी सागर दरयानीसँग मिलेर भारतमा सुरु गरेको व्यवसायले अहिले ठूलो सफलता हासिल गरेको छ।

कोलकाताका सागरसँग मिलेर विनोदले ऋण लिएर केवल भारु ३० हजारबाट सुरु गरेको यो व्यवसायबाट भारु ४ अर्ब ७५ करोडको साम्राज्य बनेको छ। सन् २००८ मा उनीहरुले ‘वाह ! मोमो’ व्यवसाय सुरुआत गरे। आज यो रेस्टुरेन्ट चेन अहिले भारतभर ८०० भन्दा बढी आउटलेटसहितको ठूलो खाद्य साम्राज्य बनेको छ।

Esewa
Crest

ग्राहकलाई उत्कृष्ट अनुभव दिन सागर र विनोदले यसलाई सुरु गरेका थिए। यो चेनले मोमोको सरसफाइ, गुणस्तर र विविधतामा ध्यान केन्द्रित गर्दछ। कम्पनीको लक्ष्य भारु ६ अर्ब ५० करोड आम्दानी हासिल गर्नेछ। कम्पनीले सन् २०२७ मा आइपीओ ल्याउने योजना बनाएको छ।

कम्पनीले सन् २०२४ मा भारु ४ अर्ब ७५ करोड आम्दानी गरेको थियो। कम्पनी अब दक्षिणपूर्वी एसिया र खाडी देशहरुमा विस्तार गर्न खोजिरहेको छ।

विनोद र सागर दुवैजना कोलकाताको सेन्ट जेभियर्स कलेजका विद्यार्थी हुन्। विनोदका बुवा पनि कोलकातामै काम गर्ने भएकोले विनोद पनि त्यहीँ पढ्ने मौका पाए। अध्ययनकै सिलसिलामा विनोदको सागरसँग भेट भएको थियो।

यी दुई मित्रको उद्देश्य ग्राहकलाई ‘वाउ’ भन्न बाध्य पार्ने अनुभव प्रदान गर्नु थियो। उनीहरुले कोलकातामा एउटा सानो किओस्कबाट सुरुआत गरे। दुवैको उद्देश्य खानाप्रतिको आफ्नो प्रेमलाई ठूलो आकार दिनु थियो।

दुवै साथीले सागरको बुवाबाट भारु ३० ऋण लिएर आफ्नो पहिलो मोमो स्टल स्थापना गरे। सागरले मार्केटिङ र खुद्रा बिक्री हेर्थे भने विनोदले उत्पादन र गुणस्तर हेर्थे। यसरी उनले एउटा सानो पसललाई ठूलो ब्रान्ड बनाए।

सुरुमा विनोद र सागरले धेरै कठिनाइको सामना गर्नुपरेको थियो। उनले साना कियोस्कहरुबाट सुरुआत गरे। ग्राहकलाई आकर्षित गर्न कडा परिश्रम गरे। चीज, बटर मसला र मोबर्गजस्ता नयाँ प्रकारका मोमो बनाउन थाले। मोबर्ग भनेको मोमो–बर्गर हो। वित्त शाखामा शाह मिफ्तौर रहमान र मार्केटिङमा मुरली कृष्णनको आगमनसँगै ‘वाउ ! मोमो’को टोली झन् बलियो भयो।

विनोद र सागर उनीहरुको ब्रान्ड केवल खाना मात्र सीमित नहोस् भन्ने चाहन्थे। ग्राहकलाई छक्क पार्ने अनुभव प्रदान गर्न चाहन्थे। त्यही सोचले ‘वाउ ! मोमो’को जन्म भयो। –नवभारत टाइम्सबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS