IME Life New

सयौँको ज्यान गएको भोलिपल्टै फेरि एयर इन्डियालाई अर्को आपत, गर्नुपर्यो आकस्मिक अवतरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सयौँ ज्यान गएको भोलिपल्टै शुक्रबार एयर इन्डियालाई अर्को आपत आइलागेको छ। थाइल्यान्डको फुकेटबाट भारतको राजधानी नयाँ दिल्लीका लागि उडेको एयर इन्डियाको उडान एआई–३७९ लाई बमको धम्की आएपछि आपतकालीन अवतरण गर्नुपरेको हो।

फुकेट विमानस्थलका अधिकारीहरुका आपतकालीन प्रक्रियाहरु पालना गर्दै सबै यात्रुलाई विमानबाट बाहिर निकालिएको छ। फुकेट विमानस्थलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एयर इन्डियाको विमानमा १५६ यात्रु थिए।’

Esewa
Crest

फ्लाइट ट्रयाकर फ्लाइटराडार२४ का अनुसार विमान स्थानीय समय बिहान ९ः३० बजे फुकेट अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेको थियो। तर, २० मिनेटको उडानपछि अन्डमान सागरको वरिपरि घुम्दै स्थानीय समयअनुसार बिहान ११ः३८ बजे फुकेट विमानस्थलमा आपतकालीन अवतरण गरियो। प्रारम्भिक खोजीपछि अधिकारीहरुले सम्बन्धित एयर इन्डियाको विमान भित्र कुनै बम फेला पारेनन्।

हिजो गुजरातको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटनाग्रस्त भएको थियो। जसमा २६५ जनाको ज्यान गएको थियो। विमानमा सवार चालक दलका सदस्यसहित ४४२ यात्रुमध्ये एक यात्रु बाँचेका थिए।

एयर इन्डियाको उडान एआई १७१ बिहीबार दिउँसो १ः३८ बजे अहमदाबादबाट लन्डनका लागि सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो। दुई मिनेट नबित्दै विमानस्थलबाट केही किलोमिटर टाढा दुर्घटनाग्रस्त भएको थियो।

दुर्घटनाग्रस्त विमान आवासीय भवनमा पसेको थियो। त्यहाँ बसेका २४ मेडिकल र नर्सिङ विद्यार्थीको पनि मृत्यु भयो। केही अस्पतालमा उपचाररत छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS